Baneera Mongol Meche | 30 अप्रिल 2019
तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको अायोजनामा तनहुँको दमौलीमा एकदिने कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 28 अप्रिल 2019 अाइतबार मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापामगरको सभाध्यक्षता साथै संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूको प्रमुख अातिथ्यतामा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका विशिष्ट अतिथिहरुमा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अार्थिक विभाग सदस्य र केन्द्रीय सदस्य प्रविना थापामगर रहनुभएको थियो भने अतिथिहरुमा एमएनअो गण्डकी प्रदेश सभाका सचिव देव बहादुर थापामगर, प्रचारप्रसार सचिव अनिता थापामगर, सदस्य भक्त बहादुर गुरुङ, घिरिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर गुरुङ, शुक्लागण्डकी १० वडा सभाका अध्यक्ष युक्त बहादुर थापामगर, मंगोलप्रेमी शुभचिन्तक कुमार काजी तमु र पृथ गुरुङ लगायत रहनुभएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूले उपस्थित नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गरी अा- अाफ्नो जिम्मेवारीबोध गराउनुहुदैँ संगठनको नीतिगत विषयबस्तु तथा संगठनलाई कसरी बचाएर व्यापक रुपमा अगाडि बढाएर लग्नुपर्ने भन्ने सम्बन्धमा प्रशिक्षण प्रदान समेत गर्नुभएको थियो । उक्त कार्यक्रमलाई तनहुँ जिल्ला सदस्य प्रेम बहादुर पुन मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सचिव शुष्मा अालेले सञ्चालन गरेकी थिइन् ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology