शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दमक नगर सभाको सक्रियतामा मंगोल राष्ट्रवाद

Mongol Vision | 6 फेब्रुअरी 2021

दमक नगर सभाको सक्रियतामा मंगोल राष्ट्रवाद

झापा/ झापाको दमक नगरपालिका वडा नम्बर - २ त्रिवेणि टोल स्थित स्थानीय मंगोलप्रेमि कुमार लिम्बूको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एमएनओ दमक नगर सभा र चुलाचुलि गाउँसभा अध्यक्ष चन्द्र केरुङको विशेष पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एमएनओ झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोल रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि मेचेले उपस्थित महानुभावहरुलाई लिखित तथा मौखिक रुपमा मंगोल राष्ट्रवादबारे प्रशिक्षण प्रदान गरे । इतिहास देखि वर्तमान सम्म एमएनओको संघर्षबारे प्रष्ट्याउँदै मेचेले नेपालमा खाँटि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको अन्तिम विकल्प एमएनओ मात्र रहेको कुरा बताउनु भयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि लासिम हाङ मंगोलले भने संगठनको विधि विधान र युग पुरुष अमर ड.गोपाल गुरुङको जीवनीबारे प्रष्ट पारे । दमक नगर सभाका सचिव थामन सिंह राईले उक्त कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा एमएनओ कमल गाउँसभाका सहसचिव हिजन राईले स्वागत मन्तव्य राखेका थिए भने चुलाचुली गाउँसभाका अध्यक्ष चन्द्र केरुङ लगायत सचिव सुन्दर ओजि लिम्बूको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्