शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दमकको बुद्ध चौकमा मंगोल दर्शन

Mongol Vision News | 18 जनवरी 2020

दमकको बुद्ध चौकमा मंगोल दर्शन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको सक्रीयता र थमन सिंह राईको पहलमा दमक नगरपालिका वडा नम्बर एक स्थित बुद्ध चौकमा मंगोल दर्शन सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

   बुद्ध चौकका स्थानीय मंगोलप्रेमी थमन सिंह राइको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक संगठनका केन्द्रीय सदस्य सान मेचे रहनु भएको थियो ।

दमकको बुद्ध चौकमा मंगोल दर्शन

कार्यक्रममा एमएनओ झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा मंगोल राष्ट्रवाद र एमएनओको बारेमा प्रशिक्षक मेचे ज्युले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी कमल गाउँसभाका अध्यक्ष प्रेमबहादुर लिम्बूले स्वागत मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्