शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दमकको बुद्ध चोकमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 2 फेब्रुअरी 2020

दमकको बुद्ध चोकमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/  मंगोल नेशनल अर्गनाइजेशनको समर्थक प्रकाश तामाङ र थमन राईको विशेष पहलमा दमक नगरपालिका वडा नं. 1 स्थित बुद्ध चौकमा मानव अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     अाज दिनाङ्क 02 जनवरी 2020 अाइतबारको दिन मंगोल नेशनल अर्गनाइजेशनको एकदिने मानव अस्तित्व सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सभाध्यक्षता बुद्ध चौकका स्थानीय एमएनअो समर्थक प्रकाश तामाङले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिमहाङ मंगोल रहनु भएको थियो । त्यस्तै अतिथिमा एमएनओ कमल गाउँपालिका सभाको अध्यक्ष प्रेम लिम्बू रहनुभएको थियो ।

     कार्यक्रममा उपस्थित बुद्ध चौकका स्थानीय मंगोल लोक समुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक लासिमहाङ मंगोलले मानव अस्तित्वको विषयमा मानव उत्पति देखि वर्तमान परिवेश सम्मको कुराहरुको विषयमा लिखित तथा मौखिक प्रशिक्षण प्रदान गर्दै अादिवासी, जनजाति र मूलवासी शव्द फरक फरक भएको कुरा बुझाउदै र त्यसको सहि अर्थको विषयमा पनि प्रष्ट पार्दै प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि मंगोलले देशका युवा शक्तिलाई विदेश पलायन नहुन अनुरोध गर्दे अाफ्नै देशमा मंगोल अस्तित्व बचाउनको निम्ति एमएनअोमा अाबद्ध भई लागि पर्न समेत अनुरोध गर्नुभएको छ । उक्त कार्यक्रममा बुद्ध चौकका स्थानीय मूलवासी मंगोलहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथि कमल गाउँपालिका सभाका अध्यक्ष प्रेम लिम्बूले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम झापा जिल्ला सभाको सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्