शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दमकको भाङबारीमा मंगोल प्रशिक्षण

mongolvision | 12 फेब्रुअरी 2022

दमकको भाङबारीमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन दमक नगर सभाको आयोजनामा दमक नगरपालिका १ स्थित भाङबारीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
११ फेब्रुअरी २०२२ का दिन सम्पन्न उक्त कार्यक्रममा एम. एन. ओ. दमक नगरसभाका अध्यक्ष दिपेश राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा झापाका सचिव सागर दर्जीको  प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभा झापाका सदस्य प्रेम लिम्बू रहनुभएको थियो भने अतिथिहरुमा कमल गाउँसभाका अध्यक्ष हिजन राई, सचिव विजयहाङ लिम्बू, कोषाध्यक्ष शुक बहादुर इधिङ्गो, प्रचारप्रसार सचिव रञ्जन चाम्लिङ र मेचिनगर्व्सभा सदस्य रेवतसेन मगर रहनुभएको थियो । 
कार्यक्रममा कमल -४ वडा सभा अध्यक्ष रामलाल राई, अतिथि हिजन राई, विशिष्ट अतिथि प्रेम लिम्बूले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि सागर दर्जीले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणा र उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा दर्जीले हक, अधिकार र अस्तित्व प्राप्तिको निम्ति अबको निर्वाचनमा भाले चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य दमक नगरसभाका कोषाध्यक्ष राज कुमार तामाङले स्वागत मन्तव्य राखेका थिए भने सदस्य गणेश तामाङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्