शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरमा एकदिने प्रशिक्षण कार्यक्रम "

Mongol Vision News | 22 जून 2019

पान्थरमा एकदिने प्रशिक्षण कार्यक्रम "

 " झापा /5 थर जिल्लाको सदरमुकाम फेदेम बजारमा यहि मिति 2076 असार 5 गते तद्नुसार सन 2019 जुन 19 तारिखका दिन एमएनओ 5 थर जिल्ला सभाका अध्यक्ष मौसम थापा मगरको अध्यक्षता तथा एमएनओका प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यमा मंगोल अस्तित्व र संस्कृति बारे एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण दिनेक्रममा प्रमुख अतिथी मेचेले राष्ट्र तथा अन्तराष्ट्रिय जगतमा मजबूत रुपले सम्बन्ध जोड्ने पुल नै संस्कृति भएकोले नेपालका मुलवासी मंगोलहरुको संस्कृति तथा सम्पदा सिदाहा बुद्ध , लखन थापा, स्रीपति गुरुङ, सुकदेव गुरुङ, स्रीजंगा हाङ, रिदामा राइ र रामलिहाङ राइलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै लैजानु पर्नेमा जोडदिनु भयो। उक्त कार्यक्रमका बिशेष अतिथि केन्द्रीय प्रचारप्रसार सचिव मणि पापो लिम्बुले 5 थर बासी कार्यकर्ता एवम् शुभचिन्तकहरुले राखेका बिभिन्न सवालहरुको जवाफ दिएका थिए भने कार्यक्रमका अतिथी केन्द्रीय सदस्यद्वय दिनेश गुरुङ र ज्योति नेम्वाङले पनि सम्बोधन गरेका थिए। जिल्ला सभा, नगरसभा, वडा सभा लगायतका कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा शुरु भएको प्रशिक्षण कार्यक्रम जिल्ला सभा सचिव उदय बहादुर मुखियाले संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्