बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धौलागिरीको मराङ गाउँमा एमएनअोक‍ो प्रशिक्षण

Baneera Mongol Meche | 11 फेब्रुअरी 2019

धौलागिरीको मराङ गाउँमा एमएनअोक‍ो प्रशिक्षण

म्यादी / मंगोल नेशनल अर्गनाइजेशन म्यादी जिल्ला सभाको अायोजनामा म्यादी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं.-६ मराङ गाउँमा एमएनअोको परिचयात्मक साथै एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    ११ फेब्रुअरी सोमबारका दिन मंगोल नेशनल अर्गनाइजेशन म्यादी जिल्ला सभाका सदस्य डिके पुन मगरको अध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय अनुशासन विभाग सदस्य लाल बहादुर दर्लामीको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा एमएनअो गण्डकी प्रदेश सभाका सदस्य रन बहादुर फगामी मगर र अतिथिमा म्यादी जिल्ला सभाका सदस्य बुल प्रसाद रोका मगर रहनुभएको थियो । कार्यक्रममा उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर दर्लामीले एमएनओको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । सोही कार्यक्रम कै अवसरमा मान बहादुर गर्बुजा मगरको अध्यक्षतामा १७ सदस्यीय धौलागिरी गाउँपालिका वडा नं.- ६ मराङ गाउँ सभा गठन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: खिम बहादुर गर्बुजा, सावित्री गर्बुजा मगर र लाल बहादुर लामगादे रहनुभएको छ भने कार्यक्रमलाई म्यादी जिल्ला सदस्य एलिस रोका मगरले सञ्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्