शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धुलिखेल नगर अधिबेशन सम्पन्न

Pradiksha Mongol | 16 फेब्रुअरी 2020

धुलिखेल नगर अधिबेशन सम्पन्न

काभ्रे/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा काभ्रेको आयोजनामा 15 फेब्रुअरी 2020 का दिन काभ्रेको धुलिखेल स्थित बृहत सभा हलमा काभ्रे जिल्ला सभा अध्यक्ष भरत तामाङको सभाध्यक्षता र संगठनको केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यतामा धुलिखेल नगर घोषणा सभा सम्पन्न भएको छ ।

    प्रमुख अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेशनको आधारभूत प्रशिक्षण संगै सम्पुर्ण पदाधिकारी अथवा कार्यकर्ताहरुमा अनुशासित भएर आफ्नो जिम्मेवारी बहन गर्न सपथ ग्रहण गराउदैँ व्यक्तिगत स्वार्थ छोडेर संगठनको हितको निमित्त लगिपर्न जोड दिनुभएको थियो । त्यसैगरी उक्त घोषणा सभाको विशेष अतिथि केन्द्रिय सभा सदस्य तोप बहादुर गुरुङले जताततै मुलबासी जागेकोमा खुशी व्यक्त गर्नुभयाे भने अतिथि केन्द्रिय सदस्य मंगोल भक्त खपाङ्गीले मंगोलहरु नै यो देशको मालिक हो भनेर आफ्नो मन्तव्य राख्नु भएको थियो ।

    त्यसैगरि उक्त सभाको अतिथि बागमती प्रदेश सभाको सचीव राजेन्द्र तामाङले एमएनओको आवस्यकता र महत्त्व औल्याउँदै आफ्नो मन्तव्य राख्नुभयाे  भने अतिथिहरु बागमती प्रदेश सभाको प्रचारप्रसार सचीव शालिकराम थापा मगर , सदस्य सागर आले मगर र रामेछाप जिल्ला सभा सहसचिव सीताराम पुलामी मगरले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।मंगोल गायकहरु धादिङ जिल्ला सभाको पुर्व अध्यक्ष सन्तोषकुमार तामाङ र मकवानपुर जिल्ला सभाको सदस्य ग्यल्जेन दोर्जे तामाङले मंगोल भावले ओतप्रोत भएको कर्णप्रिय गीतहरु गाउनुभएर महोल संगीतमय बनाउनुभएकाे थियाे थियो। यसैगरी पासाङ नुर्बु लामाले स्वागत मन्तव्य सुरू भएकाे कार्यक्रम नुवाकाेट जील्ला सचिव  प्रदिक्षा तामाङले  संचालन गर्नुभएकाे थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्