शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धुम्केमा मंगोल राष्ट्रावाद सम्बन्धि प्रशिक्षण

mongol vision | 28 अप्रिल 2021

धुम्केमा मंगोल राष्ट्रावाद सम्बन्धि प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँ सभाको सक्रीयतामा मिक्लाजुङ ४ धुम्के सङ्गम चौकमा एक दिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको बोल्ने क्रममा जिल्ला सभाका बैकल्पिक सदस्य सुमन लिङ्देन ज्युले हिजो हामी धेरै पार्टीहरुमा दगुर्यौ हरुवा चरुवा भयौ हाम्रो मुक्ती भएन तर ती पार्टीहरु हाम्रो निम्ति नभएर बाहुनको भलाइ सुरक्षाको निम्ति थिएछ, अब हामिले हाम्रो घर चिन्यौ भन्ने कुरा वहाँले राखी सबैलाई यशमा समाहित हुन आव्हान पनि गर्नुभएको थियो । त्यशैगरि एम एनओ जिल्ला सभा मोरङका सचिव धनराज लिम्बू ज्युले मानव अस्तित्व सुरक्षाको लागि मानव अधिकार जन्मसिद्द अधिकार हो, यो देशको लागि यो माटोको लागि भाबी सन्ततिको लागि अरु पार्टी बिकल्प नरहेको कुरा उजागर गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू ज्युले एम एनओको आधारभुत कुराहरु प्रशिक्षणमा राखेका थिए । जसमा मानव अस्तित्व, मानव अधिकार, लोक्तन्त्र, धर्मनिरपेक्ष, प्रान्तिय सरकार एम एनओको मुख्य कुरा हुन् भनी कार्यक्रममा दर्साएका थिए । हिन्दु अब उप्रान्त मुलबाशी मंगोलहरुले लेखाउन र भन्न नहुने कुरा सम्म प्रस्ट्याएका थिए । कार्यक्रमको अन्त्यमा सभाध्यक्षले सबैलाई उपस्थित महानुभाबहरुमा एम एनओ सफल नभइन्जेल सम्म हाम्रो नहुने हामिले आफ्नै देशमा सुरक्षा नपाउने र विकाशको कल्पना गर्न नसकिने कुरामा जोड दिँदै अब हिजोको दिनमा जस्तो तितर बितर भएर होइन एक ठाउँमा एक मुस्ट भएर लड्नु पर्छ भन्ने कुरामा सम्पुर्ण जनसमुदायमा अनुरोध पनि गर्नु भएको थियो । बाक्लो उपस्थिति रहेको कार्यक्रममा मिक्लाजुङ गाउँ सभाका सचिव रबिन तामाङ ज्युले मुलबाशी मंगोल सन्बन्धी, मानव अस्तित्वका कुरा प्रशिक्षणको क्रममा बताएका थिए । कार्यक्रममा स्वागत मन्तब्य म्मिक्लाजुङ गाउँ सभाका सदस्य बबि बान्तावाले राखेका थिए । त्यसैगरी कार्यक्रम सञ्चालन लाल बहादुर मगर ज्युले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्