शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धुनिवेशीमा मंगाेल सभाकाे उदय

Rajendra Tamang | 8 सेप्टेम्बर 2019

धुनिवेशीमा मंगाेल सभाकाे उदय

मिती 2076/05/21 तदनुसार 7 sep 2019 का दिन मंगाेल नेशनल अर्गनाइजेसन धुनिबेशी नगर सभा घाेषणा कार्यक्रम धुनिबेशी -6, नौबिसे धादिङ स्थित ग्रीन गार्डेनको सभा हलमा सम्पन्न भएकाे छ।सुनिल तामाङको सभा सभाध्यक्षता साथै संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ को प्रमुख आतिथ्यतामा २५ सदस्यीय धुनिबेशी नगर सभा गठन भएको छ।प्रमुख अतिथी तामाङले सभालाई सम्बोधन गर्दै समय र मुलवासी मङ्गोलको चेतना भरपुर रूपमा मङ्गोल मुक्तिको केन्द्र बिन्दुमा पुगिसकेको ले बिजय उल्लासको दिन नजिकै रहेको बताउनु भयाे ।कार्यक्रम को विशेष अतिथि संगठनका केन्द्रीय सदस्य धनमाया तामाङ ले मङ्गोलहरुको अस्तित्व स्थापित को लागी नारिहरुले पनि अहम् भुमिका खेल्नुपर्ने बताउदै मङ्गोल आस्थाको धरोहर मङ्गोल रिसर्च सेन्टर लागि आफुले सक्दो तन,मन र वचनले सहयोग गर्नका लागि अपिल गर्नु भयो।कार्यक्रममा अतिथिहरु ३नम्बर प्रदेश सभा सचिब राजेन्द्र तामाङ ,प्रचार प्रसार सचिब सालिकराम थापा मगर ,२ नम्बर प्रदेश सभा प्रतिनिधि तारा तामाङ ,जिल्ला सभा धादिङका अध्यक्ष सन्तोष कुमार तामाङ ,जिल्ला सभा उदयपुरक अध्यक्ष जङ्ग राना मगर ,जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङ ,प्रवाश सभा कतार का पुर्व सचिब पासाङ तामाङ ,जिल्ला सभा धादिङका सह सचिव मानबहादुर गुरुङ ,जिल्ला सभा रसुवाका प्रतिनिधि बिकास तामाङ ,२०६४ को निर्वाचनमा संगठनको तर्फबाट धादिङका उम्मेद्बार आलोक थापा मगर,निलकण्ठ नगर सभाका वरिष्ठ सल्लाहकार बिरबहादुर लामा लगायत रहनु भएको थियोे ।

धुनिवेशीमा मंगाेल सभाकाे उदय

कार्यक्रमकै अवशरमा मङ्गोल रिसर्च सेन्टर को लागी सुरेस कुमार योन्जन तामाङ रु ३०,५००,कर्मा तामाङ रु २५,५०० ,जङग राना मगर रु १५,०००,आशा तामाङ  रु ५,५०० आर्थिक रकम  सहित जम्मा रू७६५०० रकम कार्यक्रमका प्रमुख अतिथि रिन्चेन दोर्जे तामाङ लाइ प्रदान गर्नु भएको थियो ।प्रमुख अतिथी तामाङले सहयोगी मनहरुलाइ खादा लगाएर सम्मान गर्नुभएको थियो। धुनिबेशी नगर सभाको अध्यक्षमा-सुनिल तामाङ ,सचिब कबिन्द्र तामाङ ,कोसाध्यक्ष-सुमित्रा तामाङ ,सह सचिब दिनेश तामाङ ,प्रचार प्रसार सचिब बिष्णु तामाङ ,वरिष्ठ सदस्य राजु तामाङ ,सदस्यहरू क्रमश :सर्मिला तामाङ ,प्रदीप तामाङ ,सुनिता तामाङ ,पेमा तामाङ ,राजेश तामाङ ,आस्था तामाङ ,विनोद तामाङ ,देवेन्द्र तामाङ ,सुजन तामाङ ,रामकृष्ण तामाङ ,कृष्ण मिजार,झिल्के तामाङ ,अर्जुन मिजार ,राजन तामाङ ,कुमार तामाङ ,निरज तामाङ ,प्रेम तामाङ ,गौरव तामाङ ,मनोज तामाङ चुनिनुभएको छ।गठित धुनिबेशी नगर सभा का सम्पुर्ण पदाधिकारीहरुलाइ प्रमुख अतिथि तामाङले संगठनको पद तथी गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।यसैक्रममा कार्यक्रमका अतिथी तथा सुभचिन्तकहरुले गठित नगर सभाका पदाधिकारीहरुलाइ कार्यसफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्