शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको चरङ्गेमा मुलबासी मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision | 5 अप्रिल 2021

धादिङको चरङ्गेमा मुलबासी मंगोल प्रशिक्षण सम्पन्न

धादिङ/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको सक्रियतामा डाब्जोङ गाउँपालिका-5, स्थित चरङ्गेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीयबासी गुमानसिंह लामाको सभाध्यक्षता रहेको कार्यक्रम संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यथामा सम्पन्न भएको छ । एम.एन.ओ बाग्मती प्रदेश सभाका प्रचारप्रसार सचिव सालिक थापा मगरको बिशेष आतित्यथा रहेको कार्यक्रममा अतिथीहरु एम.एन.ओ जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देन, कोषाध्यक्ष वीर बहादुर लामा, सदस्यहरु द्वय चमन तामाङ, राजेश थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणको क्रममा प्रमुख अतिथी तामाङले मंगोलहरुको मानव अधिकार र अस्तित्व षड्यन्त्रपुर्ण ढंगबाट कुण्ठित पारेर अधिकार बिहिन बनाइएकोले मुलुक र समग्र लोक समुदायको हितको निन्ति एम.एन.ओ को आवश्यकता भएको कुरालाइ प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथी र अतिथिहरुवाट मानव उत्पति र मंगोलहरु माथी भएको दमन शोषणको बिषयमा प्रशिक्षणात्मक मन्तब्य राखिएको थियो ।
कार्यक्रम एम.एन.ओ जिल्ला सभा धादिङका सल्लाहकार तथा मंगोल गायक सन्तोष कुमार तामाङले संचालन गर्नु भएको थियो ।

धादिङको चरङ्गेमा मुलबासी मंगोल प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्