बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको गाउँ गाउमा मंगोलको अभियान

mongolvision | 28 अक्टोबर 2021

धादिङको गाउँ गाउमा मंगोलको अभियान

धादिङ  / मंगोल नेशनल अर्गनाइजेशन  जिल्ला सभा धादिङ ले जिल्ला को विभिन्न गाउँ पालिकाहरुमा आफ्नो अभियान सुरु गरेको छ ।
जिल्ला सभा धादिङको सक्रियतामा कात्तिक ४ गते बाट  उतरी भेग रुबिभ्याली गाउपालिकाको सबै वाडहरुमा
गाउँ गाउँ जाऔ मुलबासी जगाऔ अस्तित्व  बचाऔ भन्ने राष्ट्रिय अभियान सम्पन्न भएको छ । बागमती प्रान्तीय सभाका प्रचार प्रसार सचिब सालिक थापा मगरको   उपस्थितिमा उक्त अभियान सम्पन्न भएको जिल्ला सभा अध्यक्ष धर्म राज तामाङले बताए । उहाका अनुसार गाउँ पालिकाको प्रतेक वाडहरुमा मुलबासी जनताहरु लाई  एम एनओको बारेमा बताउदै प्रशिक्षण समेत गरिएको थियो ।
अभियानमा  प्रान्तीय सभा प्रचार सचिब सालिक थामा मगर , जिल्ला अध्यक्ष धर्म राज तामाङ  ,कोषाध्यक्ष  वीर बहादुर लामा , सल्लाहकार सन्तोष तामाङले संयुक्त रुपमा मंगोलवाद सम्बन्धि प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो ।  रुबिभ्याली गाउँ पालिकाका जुझारु  मंगोल तासी तामाङ , टुसा तामाङको पनि अभियानमा सहभागीता रहेको थियो ।   गाउँ पालिकाको  लाबा , खादिङ , लाप्चेत ,कपुर गाउँ , तिर , नेबेर , हेन्दुङ , सिचेत , लिङ्जो , पुरुचेत , सेर्तुङ , चालिसे ,लगायतका गाउँ हरुमा अभियान संचालन भएको थियो ।

धादिङको गाउँ गाउमा मंगोलको अभियान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्