बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको गजुरीमा एम एनओको प्रशिक्षण

mongolvision | 30 नोभेम्बर 2021

धादिङको गजुरीमा एम एनओको प्रशिक्षण


धादिङ / धादिङको गजुरी गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
गजुरी गाउँ सभाको आयोजनामा सोमबार १२ मंसिर का दिन गजुरी गाउँ पालिका वाड न ६ मा गाउँ सभा अध्यक्ष बुद्धि मान तामाङको अध्यक्षता र संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य तथा कार्यालय सचिव रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रथम बागमती प्रान्तीय अधिबेशन मुल आयोजक सभाका प्रचार सचिव कर्मा तितुङ विशेष अतिथिको रुपमा रहनु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथी तामाङले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोलवाद के हो , एम एनओको सिद्धान्त के हो भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा विशेष तितुङ , गजुरी गाउँ सभा सह सचीव कृष्ण तामाङ ,वाड न ४ का अध्यक्ष सन्च बहादुर तामाङ लगायतले पनि संगठन को बारेमा आ आफ्नो भनाइ राख्नु भएको थियो ।
  यसै बीच कार्यक्रमकै अवसर पारेर वाड न ६ मा अरुन मगरको अध्यक्षतामा १५ सदस्य तदर्थ वाड सभा समेत गठन गरिएको छ । गाउँ सभा सदस्य राम चन्द्र तामाङले स्वागत मन्तव्य राख्नु भएको प्रशिक्षण कार्यक्रम लाई गाउँ सभा सचिब शक्त तामाङले  संचालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्