आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको गजुरीमा मंगोलको प्रशिक्षण

mongolvision | 20 अक्टोबर 2021

धादिङको गजुरीमा मंगोलको प्रशिक्षण


धादिङ / धादिङको गजुरीमा मंगोल नेशनल अर्गनाइजेशनले एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
  एम एनओ गजुरी गाउँ सभाको आयोजनामा कात्तिक २ गते मंगलबार संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम लाई प्रमुख अतिथि तामाङले प्रशिक्षण प्रदान गर्नु भयो  । सो क्रममा उहाले मंगोल दर्शन , एम एनओको उदेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसै मंगोल जनसमुदायहरु एक हुनुको विकल्प नभएको बताउनु भयो । प्रशिक्षण कार्यक्रममा जिल्ला सभा धादिङका अध्यक्ष धर्म राज तामाङ , सल्लाहकार सन्तोष तामाङ , वरिष्ठ जिल्ला सदस्य चमन तामाङ , गजुरी गाउँ सभा अध्यक्ष बुद्धि मान तामाङ लगायतले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
  गजुरी वाड न ४ मा वाड सभाका अध्यक्ष सन्छ तामाङको अध्यक्षतामा भएको मंगोल प्रशिक्षण कार्यक्रममा स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो । सुनिल तामाङले स्वागत मन्तव्य राख्नु भएको प्रशिक्षण कार्यक्रम लाई सक्त तामाङले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्