शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको जुरेथुममा मंगोलको बृहत प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 20 अक्टोबर 2020

धादिङको जुरेथुममा  मंगोलको बृहत  प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङ को अायोजनामा निलकण्ठ नगरपालिका वडा नं.- २ स्थित जुरेथुममा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

धादिङको जुरेथुममा  मंगोलको बृहत  प्रशिक्षण कार्यक्रम सम्पन्न

१९ अक्टोबर २०२० सनिबारको दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा धादिङका सदस्य जुरेथुमका स्थानीय राजिब गुरुङको सभाध्यक्षता एवम् मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सदस्य एवम् कार्यालय सचिब रिन्छेन तामाङ ज्यूको प्रमुख अातिथ्यता तथा केन्द्रीय सदस्य एवम् आर्थिक सभाका सदस्य धनमाया तामाङ को विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभएका लोकसमुदायलाई कार्यक्रमका प्रमुख अतिथि रिन्छेन तामाङले एम.एन.अेा. र मंगाेल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण दिनुभएकाे थियो भने त्यस्तै विशिष्ट अतिथि धनमाया तामाङले हिन्दु बाहुन छेत्रीले मनाउदै आएको दसैको बिसयमा मंगोलहरुले किन दसै बहिस्कार गर्नु पर्छ भन्ने बिसयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बाग्मति प्रदेश सभाका प्रचार सचिब सालिक मगर , गण्डकी प्रदेश सभाका बरिस्ठ सल्लाहकार महेन्द्र थापा मगर , जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज तामाङ , कोषाध्यक्ष बिर ब. तामाङ , बरिस्ठ सल्लाहकार एवम् मंगोल गायक सन्तोष तामाङ , धादिङका सल्लाहकार सागर तामाङ , सक्रिय सदस्य सिता गुरुङ रहनु भएको थियो । एमएनओ जिल्ला सभा धादिङका सदस्य चवाङ तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो, भने कार्यक्रमलाई जिल्ला सचिव मान ब. गुरुङले सञ्चालन गर्नु भएको।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्