मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको खनियाबास गाउँपालिकामा एम. एन. ओ.

mongolvision | 30 मार्च 2022

धादिङको खनियाबास गाउँपालिकामा एम. एन. ओ.


धादिङ / मंगोल नेशनल अर्गनाइजेशन धादिङ जिल्ला सभाको आयोजनामा एम. एन. ओ. खनियाबास गाउँसभा गठन भएको छ । 
उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक जीवन तामाङको  सभाधक्ष्यता एवं संगठनका केन्द्रिय सर्बोच्च सभाका सदस्य  रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बिशेष अतिथि एम. एन .ओ बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष सालिक मगर रहनुभएको थियो भने अतिथिहरुमा बाग्मती प्रान्तीय सभाका सदस्य मंगोल गायक सन्तोष कुमार तामाङ , जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देन , सचिब नरेश तामाङ सदस्य नैन कुमार गुरुङ ,सीता गुरुङ ,मिरा गुरुङ रहनुभएको थियो । 
प्रमुख अतिथि तामाङले उपस्थित स्थानीय लोकसमुदायलाई चुनावको बिषयमा बुझाउँदै अबको अन्तिम बिकलप भनेकै मंगोल नेशनल अर्गनाइजेशन भएकोले भाले चिन्हमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो भने बिशेष अतिथी सालिक मगरले मूलबासी मंगोलहरु आफ्नो साझा घर मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध भएर आफ्नो अस्तित्व, अधिकार प्राप्तिको निमित्त अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

 कार्यक्रमकै बिच मनोज तामाङको अध्यक्षतामा १८ सदस्यीय मंगोल नेसनल अर्गनाइजेसन खनियाबास गाउपालिका सभा गठन भएको छ । सदस्यहरुमा क्रमश: भक्त बहादुर राना मगर, जित बहादुर सिन्जाली, शिव राना, माया सिन्जाली, तिल माया राना, रुद्र बहादुर थापा मगर, दिल माया राना र जित बहादुर राना रहनुभएको छ । उक्त कार्यक्रम जिल्ला सभा धादिङका सह सचिब चमन तामाङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्