आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको मार्पाकमा मंगोल नेशनल अर्गनाइजेशन

Mongol Vision | 10 अप्रिल 2021

धादिङको मार्पाकमा मंगोल नेशनल अर्गनाइजेशन

धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको सक्रियतामा 9 अप्रिल 2021 का दिन जिल्लाको डाब्जोङ गाउँपालिमा 2 नम्बर वडा स्थित मार्पाकको मेलडाडामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय मंगोल शुभचिन्तक सुक बहादुर तामाङको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतित्यथा रहेको कार्यक्रम स्थानीयबासी मंगोलहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथी एम.एन.ओ बाग्मती प्रदेश सभाका प्रचारप्रसार सचिव सालिक थापा मगर, अतिथिहरु धादिङ जिल्ला सभा अध्यक्ष धर्मराज सेन्देन, कोषाध्यक्ष वीर बहादुर तामाङ लगायत स्थानीय बुद्दिजिवी हरुको आतित्यथामा सम्पन्न कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथी तामाङले हिन्दु आर्यन बाहुनछेत्रीहरुको धुर्त्याइको कारण मुलुक आज सम्म हिन्दुवाद र बाहुनवादको जातोमा पिल्सिन पुगेको कारण मुलुक र समग्र लोक समुदायको हितको निम्ति मंगोल नेशनल अर्गनाइजेशनलाइ समयमै चिन्नु पर्ने कुरा बताउनु भएको थियो । स्थानीयवासि मंगोल युवा शिद्दार्थ घलेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम जिल्ला सभाका सल्लाहकार तथा मंगोल गायक सन्तोष कुमार तामाङले संचालन गर्नु भएको थियो ।

धादिङको मार्पाकमा मंगोल नेशनल अर्गनाइजेशन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्