बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङको नेत्रवती गाउँपालिकामा एम. एन. ओ.

mongolvision | 7 मार्च 2022

धादिङको  नेत्रवती गाउँपालिकामा एम. एन. ओ.

 

  धादिङ /  धादिङ जिल्ला अन्तर्गत पर्ने नेत्रवती गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशन नेत्रवती गाउँसभा गठन  भएको छ ।
धादिङको नेत्रवती गाउँपालिका डाब्जोङमा स्थानीय मंगोल समर्थक बल ब.तामाङको सभाधक्ष्यतामा एवं संगठनका  केन्द्रिय सर्बोच्च सभाका सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यततामा सम्पन्न एक कार्यक्रम बिच उक्त गाउँसभा गठन भएको हो ।
कार्यक्रममा विशिष्ट अथितिमा एम. एन. ओ. बाग्मती प्रदेश  सभाका कोषाध्यक्ष सालिक मगर,  विशेष अतिथिमा बाग्मती प्रदेश सभाका सदस्य सन्तोस कुमार तामाङ रहनुभएको थियो भने अतिथिहरुमा बाग्मती प्रदेश सभाका सल्लाहकार हरि तामाङ ,जिल्ला सभा धादिङका  अध्यक्ष धर्मराज सेन्देन , कोषाध्यक्ष वीर बहादुर तामाङ , जिल्ला सभाका सदस्यहरु  टुस्ना तामाङ , सुक बहादुर तामाङ , पन्च बहादुर तामाङ रहनुभएको थियो ।

कार्यक्रममा अतिथिहरु वीर बहादुर तामाङ, धर्मराज सेन्देन, हरि तामाङ, विशेष अतिथि सन्तोष कुमार तामाङ, विशिष्ट अतिथि सालिक मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिन्छेन तामाङले मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि, नेपालको राजनैतिक परिवर्तनमा एम.एन.ओ. को भुमिकाको बारेमा प्रष्ट्याउँदै मुलुकको वास्तविक विकास र निकासको निम्ति अब जनताले एम.एन.ओ. लाई रोज्नुको विकल्प नरहेको बताउनुभयो ।  
 कार्यक्रमकै बिच बल बहादुर गुरुङको अध्यक्षता १५ सदस्यीय नेत्रवती गाउँसभा गठन भएको छ । जिल्ला सभा धादिङका सदस्य नैन कुमार गुरुङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम सह सचिब चमन तामाङले सञ्चालन  गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्