शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङकाे धुनिवेशीमा मूलबासी मंगाेल सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Rajendra Tamang | 23 फेब्रुअरी 2019

धादिङकाे धुनिवेशीमा मूलबासी मंगाेल सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं /मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङकाे अायाेजनामा आज २३  फेब्रुअरि २०१९ का दिन धुनिवेशि नगरपालिका वडा नम्बर ३ स्थित जीवनपुरकाे चिउरीमाेड घले गाउंमा  एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

धादिङकाे धुनिवेशीमा मूलबासी मंगाेल सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

 सुनिल तामाङकाे सभाध्यक्षता साथै संगठनका  केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् केन्द्रीय कार्यालय सचिव रिन्छेन दाेर्जे तामाङकाे प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त कार्यक्रममा बिशेष अतिथि संगठनका केन्द्रीय अार्थिक सभा सदस्य धनमाया तामाङ, अतिथिहरू क्रमश संगठनका बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठ, ३ नम्बर प्रदेश सभाका प्रचारप्रसार सचिव सालिकराम थापा मगर, धादिङ जिल्ला सभा अध्यक्ष सन्तोष कुमार तामाङ, गाेर्खा जिल्ला सभा सदस्य तेम्वा लामा ,काठमाडाैं जिल्ला सभा सदस्य निर्मला तामाङ लगायत रहनुभएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथी  रिन्छेन दाेर्जे तामाङले प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै मंगाेलहरूकाे  लुटिएकाे  भुमि,अस्तित्व र अधिकार फिर्ता गर्नकाे लागी  चेतनशिल मंगाेलहरू एकजुट भइ अगाडी बढीसकेकाे बताउनुभयाे । संगठनकाे विविध बिषयमाथि स्पष्ट पार्नुहुंदै प्रमुख अतिथि तामाङले ८० प्रतिशत अहिन्दु मूलवासी मंगाेलकाे मूक्ति मंगाेल नेशनल अर्गनाइजेशनकाे झन्डा मुनि रहेर मात्र संभव भएकाे जिकिर गर्नुभयाेे।   मन्तव्यकै क्रममा कार्यक्रमका विशेष अतिथि संगठनका केन्द्रीय आर्थिक सभा सदस्य धनमाया तामाङले हिन्दुवाद र बाहुनवादकाे चपेटाले मंगाेलहरूलाइ मान्छे भएर बाँच्नबाट बन्चित गराएकाेले  अब  यसकाे खुलेर विराेध गर्ने र स्वतन्त्रत्रता तथा सत्यकाे पक्षमा वकालत गर्नुपर्नेमा जोड दिनुभयाे । त्यसैगरी कार्यक्रमका अतिथी संगठनका बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठले मालिक विनाकाे घर संरक्षण र सुसज्जीत हुन नसक्ने भन्दै याे देशकाे साँचाे बाहुनकाे हातमा रहेसम्म मूलबासी मंगाेलकाे हित नहुने उद्रित गर्नुभयाे । मन्तव्यकै क्रममा कार्यक्रमका अतिथी ३ नम्बर प्रदेश सभाका प्रचारप्रसार सचिव सालिकराम थापा मगरले  निष्पक्ष रुपमा मंगाेलहरूले अस्तित्वकाे अावाज उठाइरहेकाे बताउनुभयाे, कार्यक्रमको स्वागत मन्तव्य  धादिङ जिल्ला सभा अध्यक्ष सन्तोष कुमार तामाङले राख्नु भएकाे थियो । कार्यक्रममा अहिन्दू मूलवासी मंगोल लोकसमुदायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम एमएनओ 3 नम्बर प्रदेश सभा सचिव राजेन्द्र तामाङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्