Rajendra Tamang | 11 अगस्ट 2019
१० अगस्ट २०१९ का दिन मंगाेल नेसनल अर्गनाइजेसन जिल्ला सभा धादिङको आयोजनामा एक दिने साङ्गठानिक प्रशिक्षण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।सन्तोष कुमार तामाङ को सभाध्यक्षता साथै संगठन का केन्द्रीय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम लाई मानव सभ्यता र अस्तित्व को बारेमा प्रशिक्षण सहित सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले विश्व राजनितिमा मंगाेल नेशनल अर्गनाइजेसन अतिआबस्यक सम्भावनाका बाटोहरु खन्दै र मर्मत गर्दै मंगाेल रास्ट्रवाद स्थापित गर्न लागी परिरहेकाे बताउनु भयाे।यसबिचमा उहाले उपस्थित मंगाेल समुदायलाई मानव अस्तित्व काे बारेमा बताउनु भएकाे थियोे।
कार्यक्रमका बिशेष अतिथि संगठनका केन्द्रीय अार्थिक सभा सदस्य धनमाया तामाङ ,अतिथिहरु केन्द्रीय सदस्य तथा मंगाेल गायिका अरुणा थामी,3नम्बर प्रदेश सचिव ,काेषाध्यक्ष ,प्रचारप्रसार सचिव क्रमश:राजेन्द्र तामाङ ,कुमार तामाङ ,सालिक थापा मगर त्यसैगरी जिल्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङ ,धादिङ जिल्ला सचीव सागर तामाङ ,कोसाध्यक्ष ममता तामाङ ,सहसचिव मानबहादुर गुरुङ ,गोर्खा जिल्ला प्रतिनिधि तेम्बा घ्याल्जेन ,निलकन्ठ नगर सभा बरिस्ठ सल्लाहकार विरबहादुर तामाङ , धुनिबेशी नगरसभा वडा नम्बर 3 का अध्यक्ष सुनिल लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मंगाेल गाइका अरुना थामि ,सन्तोष कुमार तामाङ ,ग्याल्जेन दाेर्जे तामाङ लगायत कलाकारले मंगाेल अस्तित्व जगेर्नाका गितहरु प्रस्तुत गर्नुभएकाे थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology