बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङमा एम. एन. ओ. को कार्यक्रम तीव्र

mongolvision | 11 डिसेम्बर 2021

धादिङमा एम. एन. ओ. को कार्यक्रम तीव्र


धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा यतिबेला धादिङ जिल्लाको विभिन्न स्थानमा मंगोलवाद सम्बन्धी प्रशिक्षण तथा सभा गठन कार्यक्रम तीव्र रुपमा अगाडि बढेको छ । धादिङ जिल्ला सभाका सल्लाहकार सन्तोष कुमार तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न एक प्रशिक्षण कार्यक्रमको दौरानमा टासी लामाको अध्यक्षतामा १७ सदस्यीय रुबीभ्याली गाउँसभा गठन भएको छ । कार्यक्रममा विशिस्ट अतिथिमा एम. एन. ओ. प्रथम वाग्मती प्रातीय अधिवेशन आयोजक सभाका सचिव सालिक मगर रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा एम. एन. ओ. प्रथम वाग्मती प्रातीय अधिवेशन आयोजक सभाका प्रचारप्रसार सचिव कर्म तामाङ, सदस्यहरु सन्तोष तामाङ , धादिङ जिल्ला अध्यक्ष धर्मराज सेन्देन , जिल्ला सभाका कोषाध्यक्ष वीर बहादुर तामाङ रहनुभएको थियो । स्थानीय मंगोल समर्थक टासी लामाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम गंगा तामाङले सञ्चालन गर्नुभएको थियो । त्यसैगरी रुभीभ्याली गाउँसभा अन्तर्गत छिरिङ घलेको अध्यक्षतामा १३ सदस्यीय रुभीब्याली -१ वडा सभा गठन भएको छ भने मेख बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय रुभीभ्याली -५ वडा सभा गठन भएको छ ।

धादिङमा एम. एन. ओ. को कार्यक्रम तीव्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्