बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङमा ८६ औं जन्मोत्सव सम्पन्न

mongol vision | 30 जूलाई 2021

धादिङमा ८६ औं जन्मोत्सव सम्पन्न

धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङले एम एनओ संस्थापक महामानव युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम धादिङ जिल्ला सभाको कार्यालय हलमा अत्यन्तै हर्ष र उमंगका साथ सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा सभा अध्यक्ष धर्मराज तामाङ र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य एवं आर्थिक सभाका सदस्य धनमाया तामाङको प्रमुख आतिथ्यतामा महामानव युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । त्यस्तैगरि विशिष्ट अतिथिमा बाग्मती प्रदेश सभाका प्रचार सचिव सालिकराम थापा मगर र अन्य अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन धादिङका कोषाध्यक्ष वीर बहादुर तामाङ, वरिष्ठ सदस्य नरेश तामाङ, सल्हाकार मंगोल गायक सन्तोष कुमार तामाङ, वरिष्ठ सदस्य चमन तामाङ, सल्लाहकार सागर तामाङ हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य धनमाया तामाङ, बिशेष अतिथि सालिकराम थापा मगर, अतिथीहरु चमन तामाङ, सागर तामाङ ज्युले मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथी तामाङ ज्युले मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट ड.गोपाल गुरुङ ज्युको दर्शन र सिद्धान्तको विषयमा प्रस्ट पार्नु भएको थियो । बिशेष अतिथि ज्युले ड.गोपाल गुरुङ ज्युको बिचार सिधाान्त र मंगोल अस्तित्व अधिकारको विषयमा प्रस्ट पार्नु भएको थियो । त्यसैगरि कार्यक्रमका सभा अध्यक्ष तामाङ ज्युले महामानव युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले मुलवासी मंगोलहरुको मुक्तिको निम्ति गर्नु भएको त्याग, तपस्या र योगदान साथै वहाँले भोग्नुपरेको दु:ख कष्ट बारेमा चर्चा गर्नुहुँदै युग पुरुष ड.गोपाल गुरुङ ज्युको जन्मदिन ऐतिहासिक रहेको र हामिले हर्षोउल्लासका साथ मनाउनुपर्छ र उहाँको दर्शन र उहाँलाई विश्व जगतमा चिनाउन अहोरात्र हामी खट्नुपर्छ भन्नू हुँदै मंगोल मुक्तिको यात्राका लागि यी पाईलाहरु कहिल्यै थाक्नु दिनु हुँदैन भनी प्रेरणा दिदै सभा विसर्जन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङका वरिष्ठ सदस्य नरेश तामाङ ज्युले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङका सचिव मान बहादुर गुरुङ ज्युले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्