बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङमा वडा सभा गठन

Pradeeksha Tamang | 23 अप्रिल 2021

धादिङमा वडा सभा गठन

धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा मिति २३ अप्रिल २०२१ मा नेत्रवती डबजोङ गाउँपालिका स्थित वडा १ पोल्चेतमा सुक बहादुर तामाङको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा एक दिने मंगोल प्रशिक्षण साथै मान सिङ तामाङको अध्यक्षतामा वडा सभा गठन सम्पन्न भएको छ ।

प्रमुख अतिथी तामाङले उक्त सभालाई सम्बोधन गर्दै मूलबासी मंगोल विषयमा मानव उत्पत्ति सहित समग्र परिचयात्मक प्रशिक्षण प्रदान गर्नुभयो भने नेपाललाई लागेको रोग हिन्दुवाद बाहुनवाद निर्मुल पार्नको लागि मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकता परेको बताउनु हुँदै नेपाल र भारत विकास नहुनुको मुख्य कारण BSO भएको पनि प्रष्टाउनुभयो भने कार्यक्रमको विशेष अतिथिहरु केन्द्रिय सभाको सदस्य कासिमा तामाङ र बागमती प्रदेश सभाको प्रचार सचीव सालिकराम थापा मगर मूलबासी मंगोलहरु राजनीतिक रुपमा चेतनशील भइ अस्तित्व, हक, अधिकारको लागि एकजुट हुन मंगोल नेशनल अर्गनाइजेशनमा कटिबद्ध भइ लाग्न आह्वान गर्नुभयो ।

धादिङमा वडा सभा गठन

अन्य अतिथिहरुमा जिल्ला सभा धादिङको अध्यक्ष, जिल्ला सभा नुवाकोटको सचिव उमा तामाङ, जिल्ला सभा धादिङको कोषाध्यक्ष वीर बहादुर तामाङ, जिल्ला सदस्य चमन तामाङ लगायत सबै वक्ताहरुले मंगोलको एक मात्रै रक्षक मुक्ति दिने भनेको एम एनओ नै भएको कुरा मन्तव्यमा राख्नुभयो भने कार्यक्रममा स्थानीयबासीको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम प्रदीक्षा तामाङले सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्