आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धनकुटामा मंगोल राष्टबाद

DB Mongol | 9 अप्रिल 2021

धनकुटामा मंगोल राष्टबाद

धनकुटा/ एम एनओ जिल्ला सभा धनकुटाको पहलमा चौबिसे गाउपालिका राजारानी ६ पार्टी बजारमा एकदिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

गाउँ गाउँ जाउ मूलबासी मंगोल जगाउ, अस्तित्व बचाउ भन्ने एम एनओको मूल नारालाई आत्मसात गर्दै धनकुटाको चौबिसेमा सम्भु चेम्जोङको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएक हो । उक्त कार्यक्रममा केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू ज्युले एम एनओ देशव्यापी रुपमा फैलिरहेको हुनाले अब हामिले पनि यो संगठनको सिद्धान्त र एजेन्डा बुझ्न ढिलाइ गर्नु नहुने कुरा सम्पुर्ण जनसमुदायमा राखेका थिए । कार्यक्रममा बोल्दै वहाले भन्नू भयो एम एनओ मानव अस्तित्व मानव अधिकार र यो देश्को माटोको लागि र सम्पुर्ण मुलबासिको लागि साझा घर भएको हुनाले यसलाई हामिले आत्मासात गरेर अगाडि बड्नै पर्ने र यदि हामीले यसो गर्न नसके यो देशको भविष्य भाबी सन्ततीको भविष्य र मानव अधिकार मानव अस्तित्व सबै कुरा धरापमा पर्ने कुरा उपस्थित जनसमुदायमा राख्नु भएका थियो । उक्त कार्यक्रममा धनकुटा जिल्ला सभाका अध्यक्ष बिस्व लिम्बू ज्युले स्वागत मन्तब्य राखेका थिए भने जिल्ला सभा मोरङका सचिव धनराज लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्