आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धराने टोलमा मंगोलको प्रशिक्षण कार्यक्रम

mongolvision | 7 अक्टोबर 2021

धराने टोलमा मंगोलको  प्रशिक्षण कार्यक्रम


धनराज लिम्बु
मोरङ/  मंगोल नेशनल अर्गनाजेशन पथरी नगर सभाको सकृयतामा स्थानीय धराने टोल निवासि टेक बहादुर धिमालको सभाध्यक्षतामा पथरी शनिशरे ४ धराने टोलमा एकदिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा स्वागत मन्तब्य पथरी नगर अध्यक्ष टेक बहादुर मगरले राख्नु भएको थियो भने प्रशिक्षण कार्यक्रम लाई जिल्ला सचिब धनराज लिम्बु र संगठनका केन्द्रीय सदस्य सुरज फम्बोले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा जिल्ला सचिव लिम्बुले  एम एनओको  राजनितिले मात्र यहाका मुलबासी मंगोल समुदायहरुको भाषा ,धर्म सस्कार ,संस्कृती  , अस्तित्व र  अधिकारहरु प्राप्त हुने बताउनु भयो ।त्यस्तै उहाले अब युवा शक्तिहरु मंगोलको राजनीतिमा आउनु पर्नेमा समेत जोड दिनु भएको थियो । त्यस्तै अर्का प्रशिक्षक  केन्द्रीय सदस्य  सुरज फोम्बोले यो देशमा भएको घट्ना परिघटना सम्पुर्ण कुरामा बाहुन छेत्री को हात रहेको र  बाहुन क्षेत्री नेपालको नभएको कारण बाहुन छेत्री लाई  यो देशको माया नरहेको कुरा प्रस्ट पार्नु भयो । ससारमा  तीन बर्णको मानिसको अस्तित्वको बारेमा पढाइ हुने तर नेपालमा बाहुन छेत्री ले उल्लु बनाएर चार जात छत्तिस  वर्ण भनेर पढाएको छ ,यो बिल्कुल असत्य हो जिकिर गर्नु भयो । त्यस्तै उहाले आगमी दिनहरुमा हुने जुन सुकै चुनाबमा एम एनओ को चुनाब चिन्ह कुखुराको भालेमा मत दिन सम्पुर्ण मंगोल जन समुदायहरु लाई अनुरोध समेत गर्नु भयो ।  प्रशिक्षण कार्यक्रम  पथरी नगर सभाका सचिब बिक्रम फेम्बु लिम्बुले गरेका थिए।

धराने टोलमा मंगोलको  प्रशिक्षण कार्यक्रम

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्