शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुर जिल्ला सभाको ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न गाइघाट बजारमा हजारौं मंगोल लोक समुदाय उर्लियो

mongolvision | 20 मार्च 2022

उदयपुर जिल्ला सभाको ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न गाइघाट बजारमा हजारौं मंगोल लोक समुदाय उर्लियो


गाइघाट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
१९ मार्च तदनुसार चैत ५ गते शनिबार उदयपुरको सदरमुकाम गाइघाट बजार स्थिति राम जानकी पाटी प्यालेसको खुल्ला मैदानमा  हजारौं मंगोल लोक समुदायहरुको उपस्तिथिमा ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन भब्य र सभ्य रुपमा सम्पन्न भएको हो । ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक जंङ राना मगरको अध्यक्षता तथा संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगर को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको बिशिस्ट अतिथिमा केन्द्रीय प्रवक्ता दिलिप धिमाल रहनु भएको थियो भने अन्य अतिथिहरुमा केन्द्रिय सदस्यहरु प्रेम छिरी सेर्पा ,मोहन मगर , गङा खपाङी,१ न प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ रहनु भएको थियो ।
ऎतिहासिक दोस्रो अधिबेशनको खुल्ला घोषणा सभा सुरु हुनु अघि हजारौं मंगोल लोक समुदायको सहभागीतामा गाइघाटको बोक्सेबाट खुल्ला बृहत र्याली पनि गरिएको थियो  । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , लोकतन्त्र बिरोधी होसियार , , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन ,ऎतिहासिक दोस्रो उदयपुर जिल्ला अधिबेशन सफल पारौं  जस्ता नारा लगाउदै गाइघाट बजार  परिक्रमा गरेर उक्त र्याली पुन कार्यक्रम स्थल आएको थियो ।
खुल्ला घोषणा सभा कार्यक्रम लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि थमन बहादुर  बुढा मगरले सबै मंगोल लोक समुदायहरु लाई आउदै गरेको स्थानीय तहको निर्बाचनमा एम एनओका उमेदवारहरु चुनाब चिन्ह भालेमा मत दिई भारी मतले बिजय गराउन आह्वान गर्नु भयो साथै उहाले मंगोल अवस्थित्व र अघिकारको निम्ति मंगोलहरु एम एनओमा आवद्ध हुनुको बिकलप नभएको बताउनु भयो । त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी दिलिप धिमालले पनि सबै मंगोल नेता कार्यकर्ताहरु लाई चुनाममा होमिन निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य गङा खपाङी , १ न प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ , प्रचार सचिब उत्तम पुलामी , मोरङ जिल्ला सभाका अध्यक्ष धन राज लिम्बू र सुनसरी जिल्ला सभाका अध्यक्ष शान्ता राई लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकै अवसरमा विभिन्न पाटी परित्याग गर्दै विभिन्न ब्यातीहरु एम एनओको साधारण सदस्य लिदै संगठनमा प्रबेश गरेका छ । यसरी संगठनमा प्रवेश गर्नेहरुमा एमालेको बागती प्रदेश सदस्य भक्त बहादुर राई ,एमाले १ न प्रदेश सदस्य मोहन कुमार राई , ज स पा उदयपुर जिल्ला सदस्य टंक बहादुर राइ र २ जना माओवादी का रहेका छन । उहाहरुलाइ कार्यक्रमका प्रमुख अतिथी र बिशिस्ट अतिथीदयले संयुक्त रुपमा साधारण सदस्यताको प्रमाण पत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा दोस्रो जिल्ला अधिबेशन कार्यक्रममा सहयोग गर्नु हुने विभिन्न ब्यातित्वहरु लाइ कदर पत्र सहित सम्मान गरिएको थियो भने मंगोल कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । ऎतिहासिक दोस्रो उदयपुर जिल्ला अधिबेशनको बन्द सत्रले रेवत आले मगरको अध्यक्षतमा ४३ सदस्य जिल्ला सभा सर्बसहमतिले निर्माण भएको छ । दोस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका सदस्य मदन तामाङले स्वागत मन्तव्य राख्नु भएको खुल्ला सभा कार्यक्रम बानिरा मेचेले संचालन गरेकी थिइन ।

उदयपुर जिल्ला सभाको ऎतिहासिक दोस्रो जिल्ला अधिबेशन भब्य रुपमा सम्पन्न गाइघाट बजारमा हजारौं मंगोल लोक समुदाय उर्लियो

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्