सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुर जिल्ला सभाको अधिवेशन चैत ५ मा हुने

mongolvision | 6 मार्च 2022

उदयपुर जिल्ला सभाको अधिवेशन चैत ५ मा हुने


उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर जिल्ला सभाको  दोस्रो ऐतिहासिक अधिवेशन यही मिति २०७८ चैतको ५ गते सम्पन्न हुने भएको छ । 
 फागुन २२ गतेका दिन जिल्ला सभाका निवर्तमान अध्यक्ष जंग राना मगर को सभाध्यक्षतामा एवं एम. एन. ओ. प्रदेश नं. १का अध्यक्ष भाष्कर चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न मिटिङले उक्त निर्णय गरेको हो । यस अघि माघको २४ र २५ गते तय भएको अधिवेशन विश्वभर फैलिएको कोभि-१९ को महामारीका कारण स्थगित गर्नुपरेको निवर्तमान अध्यक्ष जंग राना मगरले जानकारी गराउनुभयो । उहाँको अनुसार आगामी  चैत महिनाको ३ गते बन्द सत्र र ५ गते जिल्ला सभा उदयपुरको अधिवेशन सम्पन्न हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्