शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुर जिल्लासभाले गर्यो दशै बहिष्कार

Mongol Vision News | 10 अक्टोबर 2019

उदयपुर जिल्लासभाले गर्यो दशै बहिष्कार

उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरले हिन्दु आर्य बाहुन क्षेत्रीहरुको दशै अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विजय दशमी सामुहिक रूपमा बहिष्कार गरेका छन् । १४९५ एडीमा सर्वप्रथम मगरातको भिरकोटबाट जिउ ज्यान जोगाउन अहिन्दु मुलवासी मंगोलहरुको मुलुक नेपाल भित्रीएका विदेशी हिन्दुआर्य बाहुन क्षेत्रीहरुले घले राजाको टाउको छलकपटपुर्ण छिनाली रगतको रातो टिका विजयीको प्रतीकको रुपमा लगाउदै आएको इतिहास घामजुन जत्तिकै छर्लङ्ग छ । यो वास्ताविक यथार्थता बुझेर पनि हामी ८०% अहिन्दु मुलवासी समुदायहरुले कथित विजया दशामी शसक्तरुपमा विरोध नगरे भोली हाम्रो अस्तित्व हिन्दु संस्कारमा विलय भएर समाप्त हुने ठहर गर्दै उदयपुर जिल्ला सभाले पनि कालो दशै बहिष्कार गरेका छन् । कालो दशै बहिष्कार कार्यक्रममा उपस्थित सबै मंगोलप्रेमी दाजुभाई एवम् दिदिबहिनीहरुलाई हामी अहिन्दु मुलवासी मंगोलहरुले यो दशै बहिष्कार गर्नुको अर्थ जिल्ला सभा अध्यक्ष जंग बहादुर रानामगरले प्रस्ट्याएका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्