सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरगढि प्रथम गाउँसभा अधिवेशन सम्पन्न

mongolvision | 13 जनवरी 2022

उदयपुरगढि प्रथम गाउँसभा अधिवेशन सम्पन्न


उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन  जिल्ला सभा उदयपुर अन्तर्गत उदयपुरगढि गाउँसभाको प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. उदयपुर जिल्ला सभा अध्यक्ष जंग रानाको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य मोहन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि १ नम्बर प्रान्तीय सभा अध्यक्ष भाष्कर चाम्लिङ रहनुभएको थियो । उक्त अधिवेशनबाट टेक बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय उदयपुरगढि गाउँसभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिव क्रमशः दान बहादुर मगर, राम प्यारी तामाङ, दिपक तामाङ र करे दियाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रतिक मगर, सम्बर आले, झनक मगर, राज कुमार मगर, गजेन्द्र मगर, रंगमान तामाङ, मंगल बहादुर पुलामी, कुल माया मगर, शुभ बहादुर मगर, प्रमिला मगर र दान बहादुर मगर रहनुभएको छ । कार्यक्रममा एम. एन. ओ. जिल्ला सभा उदयपुर अन्तर्गतका विभिन्न गाउँसभाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु, विशिष्ट अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि मगरले कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । लोक समुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रतिक मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सभाका सचिव रेवत कुमार आलेले कार्यक्रम सञ्चालन गरेका थिए ।

उदयपुरगढि प्रथम गाउँसभा अधिवेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्