शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको बेलकामा मंगोलको प्रशिक्षण सम्पन्न

Mongol Vision | 30 अप्रिल 2021

उदयपुरको बेलकामा मंगोलको प्रशिक्षण सम्पन्न

उदयपुर / मंगोल नेशनल अर्गनाइजेसन बेलका नगर सभाको बेलकामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार बैशाख १५ गते एम एनओ १ न प्रदेश सभाका सचिब सागर राइको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथ   राई र प्रदेश सभा  सदस्य रुद्र राइले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाहरुले एम एनओको सिद्धान्त र मंगोलवाद दर्शनको बारेमा प्रष्ट पार्नु भएको थियो । साथै अबको चुनावमा एम एनओका उमेदवारहरु लाई चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरि जिताउन आह्वान समेत गर्नु भयो । कार्यक्रममा उतम राइले समेत मन्तव्य राख्नु भएको थियो । बेलका नगर सभाका अध्यक्ष मदन आलेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बेलका नगर छेत्रका मुलबासी मंगोल जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । नगर सभाका कोषाध्यक्ष सनमान खपाङीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सभा सचिब रेवत आले मगरले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्