शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको गढी गाउँपालिकामा मंगोल प्रशिक्षण

mongolvision | 9 फेब्रुअरी 2022

उदयपुरको गढी गाउँपालिकामा मंगोल प्रशिक्षण


उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको आयोजनामा गढी गाउँपालिका -७ स्थित एकदिने मूलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. गढी गाउँ-७  वडा सभाका अध्यक्ष मीन बहादुर मगरको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नं. प्रान्तीय सभाका अध्यक्ष भाष्कर चाम्लिङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई प्रमुख अतिथि चाम्लिङले मानव अस्तित्व, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणाको बारेमा प्रशिक्षित गराउँनुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको लागि चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । गढीगाउँपालिकाका एम. एन. ओ. को नेता तथा कार्यकर्ताहरु लगायत स्थानीय मंगोल समुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सभा उदयपुरका निवर्तमान सचिव रेवत कुमार आलेले सञ्चालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्