आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको जरुवा बजारमा मंगोल सभा

mongolvision | 4 अक्टोबर 2021

उदयपुरको जरुवा बजारमा मंगोल सभा


उदयपुर /  मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा उदपुर र उदयपुर गढि गा.पा.१/३ को सयुक्त आयोजना जरुवा बजारमा मंगोल सभा सम्पन्न भएको छ ।
    सनिवार २ अक्टोबरका दिन नर बहादुर मगर को सभा अध्यक्षता तथा १ न प्रान्तीय सभाका अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्यता मंगोल सभा सम्पन्न भएको हो ।  सभा लाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि चाम्लिङले मुलुकमा परिवर्तन केवल एम एनओले मात्र ल्याउने दाबी गर्नु भएको छ । त्यस्तै उहाले मंगोल समुदायहरुको हक अधिकार र अवस्तित्वको निम्ति संगठन स्थापना काल देखि नै लागि परेको जिकिर गर्दै संगठनमा आवद्ध हुन सबैलाई अनुरोध गर्नु भएको छ र आगमी दिनमा हुने जुन सुकै चुनाबमा एम एनओका उमेदवारहरु लाई चुनाब चिन्ह कुखुराको भालेमा आफ्नो अमुल्य मत दिई बिजय गराउन आह्वान गर्नु भयो । मंगोल सभामा जरुवा बजारका मुलबासी लोकसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
दान बाहादुर मगरले स्वागत मन्तव्य राख्नु भएको मंगोल सभा लाई   जिल्ला सभा को निबर्तमन सचिब रेवत कुमार आले मगरले संचालन गरेका थिए ।

उदयपुरको जरुवा बजारमा मंगोल सभा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्