Mongol_vision | 7 जनवरी 2022
उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर ताप्ली गाउँसभा वडा नं. १ को आयोजनामा ताप्ली गाउँपालिकाको मादले गाउँमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । स्थानीय मंगोल समर्थक दिपेन्द्र राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नम्बर प्रदेश सभा अध्यक्ष भास्कर चाम्लिङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. उदपुर जिल्ला सभा अध्यक्ष जंग राना मगर रहनुभएको थियो भने अतिथिमा सोम खपाङ्गी मगर रहनुभएको थियो । उक्त कार्यक्रम ताप्ली गाउँसभाका कार्यकर्ताहरु साथै स्थानीय लोक समुदायहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology