बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको तेस्रो जिल्ला अधिबेशन जेठमा हुने

Mongol Vision | 19 अप्रिल 2021

उदयपुरको तेस्रो जिल्ला अधिबेशन जेठमा हुने

उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन उदयपुर जिल्ला सभाले आफनो तेस्रो जिल्ला अधिबेशन आउदो जेठमा गर्ने भएको छ । बैशाख ३ गते मंगोल नेसनल अर्गनाइजेशन जिल्ला सभा उदयपुर मा सभा अध्यक्ष जंग राना मगर अध्यक्षता र  १ न प्रदेश सभाअध्यक्ष भाष्कर चाम्लिङ को अतित्थ्यतामा सम्पन्न भएको बैठकले तेस्रो जिल्ला अधिबेशनको मिति तय गर्दै जेठ २४ र २५ गते भब्य रुपमा सम्पन्न गर्ने जिल्ला अध्यक्ष रानाले बताउनु भयो । बैठकले तेस्रो जिल्ला अधिबेशनको मिति तय गरे सगै उदयपुर जिल्ला सभा बिगठन गरेको छ भने नि बर्तमान जिल्ला अध्यक्ष जङ रानाको संयोजकमा १५ सदस्य तेस्रो जिल्ला अधिबेशन मुल आयोजक सभा निर्माण गरेको छ ।   त्यस्तै गरि बैठकले विभिन्न स्थानिय तहहरुको पनि अधिबेशनहरु गर्दै जाने निर्णय गरेको छ । आउदो  बैशाख  ५ गतेका बेलका नगर सभामा मंगोल राष्ट्र वाद सम्बन्धि प्रशिक्षण साथै नगर पदाधिकारीहरु फेरबदल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै उदयपुरगदि गाउँपालिका वडा न ५ को वाड अधिबेशन  ८ गतेको  हुनेछ । उदयपुरगदि गाउँपलिका वडा नं८ को ९ गते बृहत खुल्ला अधिबेशन हुनेभएको छ र उदयपुरगदिकै वडा नं ७ फुलबारीमा भब्यताको साथै अधिबेशन हुनेभएको छ ।       जिल्ला सभाको बैठकमा प्रमुख अतिथि चाम्लिङले मंगोलवाद सम्बन्धी प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले अब एम एनओको दर्शन लाई फैलाउदै कसरी अगाडी बढने बारेमा प्रष्ट पार्नु भयो । बैठकमा विभिन्न स्थानीय तहहरुको पदाधिकारीहरु , जिल्ला सभाका सदस्यहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । तेस्रो जिल्ला अधिबेशन उदयपुर सदरमुकाम गाइघाटमा हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्