शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरको ध्वांसेमा नाङग्राङगे टोल सभा गठन

Mongol Vision News | 12 जून 2019

उदयपुरको ध्वांसेमा नाङग्राङगे टोल सभा गठन

उदयपुर/ उदयपुर जिल्लाको उदयपुरगडि गाउँपालिका वडा नम्बर सात ध्वाँसेको नाङग्राङगे टोल सभा गठन भएको छ ।

        मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको सक्रीयतामा मंगोल राष्ट्रवाद सम्बन्धी एक प्रशिक्षण कार्यक्रमको बीच तिर्थ बहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय उक्त टोल सभा गठन भएको थियो ।

   

जेठ २२ गतेका दिन जंग बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी संगठनका केन्द्रीय सदस्य मोहन मगर र एमएनओ प्रदेश नम्बए एकका अध्यक्षा भाष्कर चाम्लिङ ज्युको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । उक्त नवगठित टोल सभाको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः टेक बहादुर केप्छाकी, देविका मगर र चन्द्रमाया मगर छन् । त्यसैगरी सदस्यहरुमा लिलामाया मगर, कुन्ता मगर, खिनमाया पुन मगर , ओमसरी मगर, इन्द्रबहादुर पुलामी मगर, मुकुन्द राई, फुलसरी राई रहेका छन भने सल्लाहकारहरुमा दलबहादुर मगर र लिलबहादुर मगर रहेका छ्न । कार्यक्रममा प्रमुख अतिथी मगरले नयाँ चयन हुनु भएका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु हुँदै नगठित पदाधिकारीहरुलाइ सधैं निडर,निर्भीक र इमान्दारीताका साथ संगठन बिस्तारमा लागि पर्न आह्वान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्