आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरमा एम एनओको अभियान तीब्र बन्द्रै

mongol vision | 10 अप्रिल 2021

उदयपुरमा एम एनओको अभियान तीब्र बन्द्रै

उदयपुर/ मंगोल नेशनल अर्गनाइजेशन उदयपुर जिल्ला सभाले जिल्लामा संगठनको गतिविधिलाई तीब्र पार्दै सक्रियरुपमा कार्यक्रमहरु अगाडि बढाइ रहेको छ ।

संगठनको केन्द्रिय कार्यक्रम गाउँ गाउँ जाऔ मुलबासी मंगोल जगाऔ, अस्तित्व बचाऔ भन्ने अभियानलाई आत्मासाथ गर्दै जिल्ला सभाले जिल्ला भरी कार्यक्रमलाई तीव्रता दिदै गाउँ गाउँमा मंगोल अभियान चलाइरहेको जिल्ला सचिब रेवत मगरले बताउनु भयो । उहाँले दिनुभएको जानकारी अनुसार चैत १६ गते मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा उदयपुरको आयोजनमा १ दिने वृहत मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम कटारीमा सम्पन्न भएको छ । प्रदेश नम्बर १ का अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष चाम्लिङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण प्रदान गर्दै उहाँले मंगोलवाद र एम एनओको दर्शन बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाँले मंगोल समुदायहरु अब एम एनओमा लाग्नुको बिकल्प नभएको बताउनु भयो ।

उदयपुरमा एम एनओको अभियान तीब्र बन्द्रै

कार्यक्रममा जिल्ला सचिब रेवत कुमार आले मगर , सह-सचिब सोम खपाङी मगर र कोषाध्यक्ष नर बहादुर थापा मगरले पनि मन्तव्य राख्नु भएको थियो । उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ तीनतले भएको प्रशिक्षण कार्यक्रम कै अवसर पारेर प्रेम बहादुर मगरको अध्यक्षता २३ कटारि नगर सभा गठन गरिएको छ । जसको सचिब कमल बहादुर श्रेष्ठ, सह-सचिब भोलीमाया मगर, प्रचार प्रसार सचिब नीर माया मगर रहनु भएको छ । त्यस्तै जिल्ला सभाकै पहलमा कटाहरी नगर पालिकाको वाड नम्बर ७ तपि बेलाकोटमा १५ चैतमा प्रशिक्षण साथै तदर्थ वाड सभा गठन भएको छ । प्रदेश नम्बर १ का अध्यक्ष भास्कर चाम्लिङको प्रमुख अतिथिमा भएको कार्यक्रममा चाम्लिङले प्रशिक्षण प्रदान गर्नुभएको थियो । सोहि अवसरमा २५ सदस्यीय वाड सभा गठन भएको छ । त्यस्तै चैत १७, १८ र १९ मा क्रमश वाड नम्बर ८, ३ र ६ मा पनि प्रशिक्षण कार्यक्रम सहित तदर्थ वाड सभा गठन गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्