शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उदयपुरमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन

Mongol Vision News | 12 जून 2019

उदयपुरमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन

उदयपुर / मंगोल नेशनल अर्गनाइजेशन उदयपुर जिल्ला सभाको सक्रीयतामा उदयपुरको उदयपुर्गडी गाउँपालिका वडा नम्बर ७ ध्वाँसेमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम साथै वडा सभा गठन भएको छ ।

        गत २२ गते बुधबारका दिन मंगोल नेशनल अर्गनाइजेशन उदयपुर जिल्ला सभाको सक्रीयतमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै उक्त वडा सभा गठन भएको हो । उदयपुर जिल्ला सभा अध्यक्ष जंग बहादुर राना मगरको सभाध्यक्षतामा शत्र सदस्यीय ध्वाँसे वडा साभा गठन भएको थियो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: चोक बहादुर क्याप्छाकी मगर, सोम बहादुर तामाङ, बबिता कुमारी आले मगर र भिम बहादुर मगर छन । त्यस्तै सदस्यहरूमा रेणुका बुर्जा मगर, सविमाया तामाङ, पुष्पा खपाङ्गि मगर, भलमाया मगर, राम कुमार मगर, पदमी माया मगर, नवराज मगर, देव बहादुर ल्हायो मगर, रामसिंह दर्लामी मगर र भद्रीमाय मगर रहेका छ्न । त्यसैगरी सल्लाहकारहरुमा पदम पुर्वछाने मगर, चेतमाया भुजेल र खेसरी माया तामाङ छन ।

 

     कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनका केन्द्रीय सदस्य मोहन मगर रहनु भएको थियो भने विशिष्ट अतिथी तथा प्रमुख प्रशिक्षकको रुपमा एमएनओ प्रदेश नम्बर एकका अध्यक्ष भाष्कर चाम्लिङ रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मोहन मगर ज्युले नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक जिल्ला उदयपुर जिल्लालाई यथार्थमा ऐतिहासिक बनाउन सम्पुर्ण मंगोलप्रेमी महानुभाव लगयात कार्यकर्तालाई संगठन बिस्तारमा लागि पर्न अनुरोध गर्नु भयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी चाम्लिङ ज्युले सांगठनिक विषयमा प्रष्ट पार्नु हुँदै हिजो जस्तो मूलवासी मंगोलहरु अब निदाएर बस्नु नहुने कुरामा जोडदिनु भएको थियो । प्रशिक्षणकै क्रममा चाम्लिङ ज्युले हामिलाई हाम्रो जीतले पर्खिरहेको तर हामिले जित समाउने साहास जटाउन मात्र नसकेको कुरा बताउनु हुँदै अबका दिनमा आफ्नो अस्तित्व र भावी सन्ततिको उज्वल भविष्यको निम्ति तिघ्रा नकमाउन आग्रह गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्