शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

वैचारिक क्रान्तीवाट नै देश र जनतामा शान्ती र समृद्धि ल्याउन सकिन्छ।

mongolvision News | 5 अगस्ट 2019

वैचारिक क्रान्तीवाट नै देश र जनतामा शान्ती र समृद्धि ल्याउन सकिन्छ।



४ अगष्ट २०१९
बेनी म्याग्दी।
मंगाेल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले अायाेजना गरेकाे "मंगाेल अस्तित्व र मंगाेल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रम" बेनी नगरपालिका ४ ताताेपानीमा सम्पन्न भएको छ। म्याम्दि जिल्ला सदस्य दिके पुनमगरले संचालन र जिल्ला सदस्य भिमप्रसाद राेकामगरले अध्यक्षता गर्नुभएकाे कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा काेषाध्यक्ष राजु अालेमगर,गण्डकी प्रदेश सभा सदस्य रणबहादुर फगामी बिशिष्ट अतिथी, कास्की जिल्ला सभाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रियाज गुरूङ रहनु भएकाे थियाे।

प्रमुख प्रशिक्षक गुरूङले मंगाेल अस्तित्व,एम.एन.अाे. र मंगाेल राष्ट्रबाद समबन्धी प्रशिक्षण दिनु भएकाे थियाे भने नव निर्वाचित सदस्यहरूलाई गण्डकी प्रदेश सभाका काेषाध्यक्ष राजु अालेमगरले बढाई तथा शुभकामना दिदै पशु सरहकाे जिउँदाे लास जस्ताे भएर डरछेरूवा गाेर्खाली  भएर बाच्नुकाे साताे मान्छे र साच्चैकाे बिर गाेर्खाली  भएर बाच्न सम्पुर्ण मुलवासी मंगाेलहरूलाई अाग्रह समेत गर्नु भएको थियो।

उक्त अवसरमा प्रेम श्रीस मगर काे नेतृत्वमा १५ सदस्यीय मंगाेल नेशनल अर्गनाईजेशन बे.न.पा. ४ नं वडा तदर्थ सभा समेट गठन गरिएकाे छ। जसमा अध्यक्ष प्रेम श्रीसमगर, सचिव केशब सिउथानी, सह सचिव साहिल थापा मगर, काेषाध्यक्ष ताेरणबहादुर बुढामगर लगायत सदस्यहरू रहनु भएकाे छ। स्मरण रहोस, प्रेम श्रीस मगर यस अघि बिप्लव समुहका जिल्ला सदस्य तथा  विप्लव निकत भातृ संगठन मगर मुक्ती माेर्चाका केन्द्रिय सदस्य हुनुहुुुुुन्थ्यो।  यहि चैत्र १३ गते श्रीसले एक प्रेसबिज्ञप्ती जारी गरी बिप्लव नेतृत्वकाे नेकपा परित्याग गरेकाे घाेषणा गर्नुभएकाे थियाे। बैचारिक बहस र बैचारिक क्रान्तीबाट नै देश र जनतामा शान्ती र समृद्धी ल्याउन सकिन्छ, र लाेकतन्त्रकाे बलियाे पक्ष मानिने व्यालाेट (निर्वाचन) बाटनै सम्भव छ तर विप्लव नेतृत्व नेकपा बैचारिक भन्दा पनि बुलेट (हतियार) काे राजनितिमा लागेकाेले अाफुले पाटी परित्याग गरेकाे श्रीस ले बताएका थिए। 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्