शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विहानी टोलमा मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 19 अक्टोबर 2020

विहानी टोलमा मंगोलको प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको अायोजनामा शिवसताक्षी नगरपालिका वडा नं.-११ स्थित विहानी टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अाज दिनाङ्क १७ अक्टोबर २०२० सोमबारको दिन विहानी टोलका स्थानीय दिपक रानामगरको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय वैकल्पिक सदस्य देवेन्द्र साम्पाङ ज्यूको प्रमुख अातिथ्यता साथै एमएनअो १ नं. प्रदेश सभाका सदस्य रुद्र थुलुङ राईको विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित हुनुभएका लोकसमुदायलाई कार्यक्रमका प्रमुख अतिथि साम्पाङले मानव उत्पति, मानव अस्तित्व साथै एमएनअोको राजनैतिक विचारधारालाई प्रष्ट पार्दै ड. गोपाल गुरुङ ज्यूले यहाँका ८०% अहिन्दू मूलवासी मंगोलको निम्ति गर्नुभएको त्याग, तपस्या, योगदान र बलिदानको विषयमा पनि चर्चा गर्नुभएको थियो भने त्यस्तै विशिष्ट अतिथि थुलङले अादिवासी, जनजाति, किराँती, मतुवालीको विषयमा प्रष्ट पार्नुभएको थियो । झापा जिल्ला प्रचार सचिव भरत राईले स्वागत गरेको कार्यक्रमलाई जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन्.

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्