सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

वीरे घलेको अध्यक्षतामा एमएनओ तदर्थ किस्पाङ गाउँसभा गठन

mongolvision | 13 जनवरी 2022

वीरे घलेको अध्यक्षतामा एमएनओ तदर्थ किस्पाङ गाउँसभा गठन


नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको आयोजनामा  किस्पाङ गाउँपालिका स्थित भाल्चेमा चक्र बहादुर तामाङको सभाध्यक्षता र संगठनका केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण साथै तदर्थ किस्पाङ पालिका सभा गठन भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि तामाङले सम्पूर्ण अहिन्दू मूलवासी मंगोलहरुलाइ मंगोल नेशनल अर्गनाइजेसन मुलघरमा आबद्ध भएर लाग्न आह्वान गर्नुभयो । कार्यक्रममा विशेष अतिथी बागमती प्रान्तीय सभाको सदस्य दिलमान तामाङले स्थानीय लोक समुदायको चाहाना अनुरुप मातृभाषामै मंगोलवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो भने अन्य अतिथी बागमती प्रान्तीय सभाको सदस्यहरु पुष्पा तामाङ, चन्द्र लोप्चन तामाङ, सन्तोष कुमार तामाङ र जिल्ला कोषाध्यक्ष प्रतिना तामाङले पनि आ-आफ्नो  मन्तव्य राखेको थियो । k प्रशिक्षण कार्यक्रम पश्चात् स्थानीय मंगोलप्रेमी विरे घलेको अध्यक्षतामा 15  सदस्यीय तर्दथ किस्पाङ पालिका सभा गठन भएको हो । नवनिर्वाचित गाउँ सभा सदस्यहरुलाई प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो भने कार्यक्रममा  दिल बहादुर घलेको स्वागत मन्तव्य संगै प्रदीक्षा तामाङले कार्यक्रम संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्