शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विशाल थापा मगरको अध्यक्षतामा मानेभञ्ज्याङ गाउँसभा गठन साथै संगठनको ३२औं स्थापना दिवस सम्पन्न

Mongol Vision | 7 जनवरी 2021

विशाल थापा मगरको अध्यक्षतामा मानेभञ्ज्याङ गाउँसभा गठन साथै संगठनको ३२औं स्थापना दिवस सम्पन्न

 झापा/ मंगोल नेशनल अर्गनाइजेशन ओखलढुंगा जिल्ला सभाको सक्रियतामा विशाल थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय मानेभञ्ज्याङ गाउँ सभा गठन भएको छ । 
जनवरी 1 तारिखका दिन संगठनको ३२औं स्थापना दिवस कार्यक्रमको उपलक्ष्यमा ओखलढुंगा जिल्ला सभाको सक्रीयतामा सम्पन्न कार्यक्रममा उक्त गाउँ सभा गठन भएको हो । मानेभञ्ज्याङ स्थित ठूलो टुँडिखेलमा सम्पन्न कार्यक्रममा विशाल थापा मगरको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रीय प्रचारप्रसार सचिव मनि पापो रहनु भएको थियो । त्यसैगरी ओखलढुंगा जिल्ला अध्यक्ष बजेन्द्र अम्बुले विशिष्ट अतिथि रहेका थिए । ८०% अहिन्दू मूलवासी मंगोलहरुको गरिमामय संगठन मंगोल नेशनल अर्गनाइजेसनको ३२औं स्थापना दिवसको उपलक्ष्यमा सम्पन्न गठन कार्यले नयाँ कार्य समितिमा थप उर्जा मिलेको नवगठित अध्यक्ष विशाल थापा मगरले बताउनु भयो । यसैगरी नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथी पापोले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै शुभकामना प्रदान गर्नु भयो । त्यसैगरी विशिष्ट अतिथी लगायत अन्य अतिथिले पनि शुभकामना मन्तव्य राखेका थिए भने डम्बर अम्बुलेले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

विशाल थापा मगरको अध्यक्षतामा मानेभञ्ज्याङ गाउँसभा गठन साथै संगठनको ३२औं स्थापना दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्