बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विदुर नगरपालिकामा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण साथै टोल सभा गठन

Pradiksha Mongol | 24 फेब्रुअरी 2020

विदुर नगरपालिकामा मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण साथै टोल सभा गठन

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन जिल्लासभा नुवाकोटको आयोजनामा 24 फेब्रुअरी का दिन विदुर नगरपालिका वडा नम्बर बाह्र कठेरीमा बागमती प्रदेश सभाको सदस्य दिलमान तामाङको प्रमुख आतिथ्यतामा एकदिने परिचयात्मक प्रशिक्षण साथै कल्याण तामाङको अध्यक्षतामा नौ सदस्यीय कठेरी टोल सभा गठन भएको छ ।

    उक्त कार्यक्रमको विशेष अतिथि जिल्लासभा सचीव प्रदिक्षा तामाङले परिचयात्मक प्रशिक्षण साथै अस्तित्व प्राप्तिको निमित्त सम्पूर्ण मूलवासी मंगोल लोक समुदायहरु एकजुट भएर लागी पर्न जोड दिएको थियो भने अतिथि जिल्ला सभा सदस्य उमा तामाङले मंगोलहरुमा राजनीतिक चेतनाको अपरिहार्यताबारे स्पष्ट पार्नुभएको थियो ।त्यसैगरि टेन्सन तामाङको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा टेन्सन तामाङले स्वागत मन्तव्य राखेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाउनु भएको थियो। नवगठित कठेरी टोल सभाको अध्यक्षमा कल्याण तामाङ, सचीव शक्तिमान तामाङ, कोषाध्यक्ष डेन्जु तामाङ, सह-सचिव इन्द्र तामाङ चयन भएका छन् भने सदस्यहरु सुकुमाया तामाङ, राम सिङ तामाङ, टेन्सन तामाङ, सोनम तामाङ र रीना तामाङ निर्वाचित भए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्