शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विदुरमा टोल सभा गठन

mongol vision | 16 मार्च 2021

विदुरमा टोल सभा गठन

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको आयोजना र बिदुर नगर पालिका बडान: ७ को सक्रियतामा टोल सभा गठन भएको छ ।

मिति २०७७/१२/३ तदानुसर १६ मार्च २०२१ का दिन बिदुर नगर पालिका वडान: ७ सभाका अध्यक्ष अन्जना तामाङको सभाध्यक्षता र बाग्मती प्रदेश सभाको सदस्य दिलमान तामाङको प्रमुख आतिथ्यतामा एकदिने परिचयात्मक प्रशिक्षण साथै सोम बहादुर तामाङको अध्यक्षतामा ८ सदस्यीय टोल सभा गठन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तामाङले मुलबासी मंगोलहरु राजनितिक रुपमा चेतनशिल हुनु पर्छ र मंगोलहरुको साझा घर एम एनओलाई बेलैमा चिन्नु पर्छ भन्ने कुरा व्यक्त गर्नु भयो । मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको अध्यक्ष प्रदीक्षा तामाङले मानव उत्पतिको कुराहरुलाई जोड्दै परिचयात्मक प्रशिक्षण दिनु भयो । उक्त टोल सभाका पदाधिकारीहरुमा अध्यक्ष सोमबहादुर तामाङ, सचिव गंगा माया तामाङ, कोषाध्यक्ष कुमारी लामा सदस्यहरुमा तुल बहादुर तामाङ, चुम माया तामाङ, फन्दिरी तामाङ, सिंग तामाङ, हन्न माया तामाङ चयन भएका छन् । उक्त कार्यक्रम एम एनओ नुवाकोट जिल्ला सभाको सचिव उमा तामाङले सनञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्