शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

वडा अधिबेशन सम्पन्न

mongolvision | 26 फेब्रुअरी 2023

वडा अधिबेशन सम्पन्न

         
झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर वडा सभा-११ को प्रथम अधिबेशन धुलाबारी को  गोजावस्ती मा  सम्पन्न भएको छ।
कार्यक्रम मा अधिबेशन का संयोजक राम प्रसाद तामाङ को सभाअध्यक्षता रहेको थियो भने प्रमुख अतिथी संगठनका केन्द्रीय सचीव सन्तोष तामाङ रहनु भएको थियो। विशिष्ट अतिथी प्रान्तीय सभा-०१ दोस्रो  अधिबेशन मूलआयोजक सभा का प्रचार प्रसार सचीव देव नारायण धिमाल रहनु भएको थियो। त्यसैगरी अतिथीहरु  जिल्ला सभा झापाकि सदस्य निलम राई, मेचिनगर सभा अध्यक्ष सिनारा मेचे,सचीव किशोर धिमाल,सह सचीव खम बहादुर राई,प्रचार प्रसार सचीव रेवत सेन मगर,सदस्य सोमविर तामाङ,बुद्धिमान राई ,मेचिनगर सभा भित्रका विभिन्न वडा सभाका अध्यक्ष लगायत प्रतिनिधि हरु रहेका थिए।
सर्वसम्मत चयन भएका नयाँ कार्यसभा मा अध्यक्ष राम प्रसाद तामाङ,सचीव नर बहादुर लिम्बु,काेषअध्यक्ष छेनाम तामाङ, सह सचीव मनिषा तामाङ,प्रचार प्रसार सचीव बिपिन मगर रहेका छन्। त्यसैगरी सदस्य हरु सुजता लिम्बु,कमल सिंह राई ,इन्द्र धिमाल,आशिष राजबंशि,राहुल राजबंशि,लिला राई ,ललित तामाङ,चन्द्र बहादुर  तामाङ र सल्लाहकार मा बिष्णु धिमाल ,धनराज लिम्बु र गुमानसिंह तामाङ रहेका छन् ।
प्रमुख अतिथी सन्तोष तामाङ ज्यु ले चयन भएका नयाँ कार्य समिती लाई बधाई साथै सफल कार्यकाल को  सुभकामना दिनु भएको थियो ।
विशिष्ट अतिथी देब नारायण धिमाल ,अतिथीहरु  निलम राइ,सिनारा मेचे,किशोर धिमाल,रेवत सेन मगर,सोमविर तामाङ वडा सभा १५,१३,९,४,७ र ८ का अध्यक्ष हरु क्रमशः दिलिप राजबंशि, मोहन सुब्बा, देब बहादुर तामाङ,काजिमान आले,मिङमा तामाङ र सन्तोष धिमाल साथै तदर्थ वडा सभा १० का संयोजक गुन्ज बहादुर राई  ले पनि सुभकामना मन्तव्य राख्नुभएको थियो।
अधिवेशन आयोजक सभा का सदस्य धनराज लिम्बू ले स्वागत मन्तब्य राखेको कार्यक्रम लाई मेचिनगर नगरसभा का काेषअध्यक्ष नर बहादुर राई  ले संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्