बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

यूएई प्रवास सभाले सोनाम ल्होसार धुमधाम साथ मनाए

Baneera Mongol Meche | 17 फेब्रुअरी 2019

यूएई प्रवास सभाले सोनाम ल्होसार धुमधाम साथ मनाए

काठमाडौं / मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा यूएईले २८५५ औं सोनाम ल्होसारको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रम गर्दै धुमधामका साथमा ल्होसार मनाएको छ ।

यूएई प्रवास सभाले सोनाम ल्होसार धुमधाम साथ मनाए

                       १५ फेब्रुअरी शुक्रबारका दिन दुवई स्थित पलक्रीक होटलको सभाहलमा प्रवास सभा यूएईका अध्यक्ष अमर धिमालको अध्यक्षता र प्रवास सभा यूएईका संयोजक इन्द्र पासाङ ग्याल्मो तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मूलवासी तामाङ समुदायको मूख्य पर्व सोनाम ल्होसारलाई प्रवास भूमिमा रहेर पनि आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरेको अध्यक्ष अमर धिमालले बताउनु भयो ।

                                  प्रवास सभा यूएईका प्रचार सचिव ग्याल्छेन लामाले उपस्थित सबैलाई स्वागत सँगै ल्होसारको महत्वबारेमा जानकारी गराए पछि सुरुभएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई संगितमय बनाएका थिए । कार्यक्रममा सुरेन्द्र लामा, प्रवेग दोङ, लक्ष्मण सुनार, ग्याल्छेन लामा, उचित लामा, प्रिया लामा, कान्छी सेर्मा, मुक्त गाहा, जिएल राना, राम रेग्मी मगर, संगिता मोक्तान, पारस लामा, रमिता महर्जन, हेमराज बिसी, सोनु बिसी, कोपिला राई सुवास योञ्जन, पूजा मगर, संगित राई, यमुना मगर, प्रदिप मगर, जिना लेप्चा, मुना पाख्रिन, सोलन तामाङ, प्रख्यात मोक्तान, डावट लामा, जनक रुचाल र धड्कन तामाङ लगायतले आ आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

                                                    रोजगारीको शिलशिलामा यूएईको विभिन्न क्षेत्रहरुमा छरिएर रहेका मुलवासी युवा वर्गहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतका कार्यक्रममा बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमको अवसर पारेर प्रवास सभा यूएईले नव आगन्तुक २० जना नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरेको छ । सदस्यता पाउनेहरुमा सुन्दर घर्ती, यमुना रोका मगर, गजेन्द्र गोले, सुस्मिता सेर्मा, ज्ञानु लामा,सलिना तामाङ, तेन्जिन योञ्जन प्रमिस योञ्जन, पदम बहादुर मोक्तान, मुक्त गाहा, सुनिल घर्ती, प्रख्यात लामा, राज तामाङ, सन्तोष खुलाल मगर, सबुज मगर, हिमाल लामा र नविन गुरुङ रहेका छन् । नयाँ सदस्यहरुलाई कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिले सदस्यता प्रदान गर्नुभएको प्रवास सभा यूएईका बरिष्ठ सल्लाहकार बिरु घर्ती मगरले बताउनु भयो । कार्यक्रम प्रिया लामा र ग्याल्छेन लामाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्