शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

युएई र कतारमा एम एनओको जै मंगोल अभियान एबम शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

mongolvision | 6 नोभेम्बर 2021

युएई र कतारमा एम एनओको जै मंगोल अभियान एबम शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा युएई र कतारले मुलबासि मंगोलहरुको पर्व बलिहाङको अवसरमा जै मंगोल अभियान साथै शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
५ नोभेम्बर  शुक्रवार एम एनओ प्रबास सभा युएईले बलिहाङ पर्व को अवसरमा युएइमा जै मंगोल कार्यक्रम साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रबास सभा युएईको सहकार्य र क्षेतिय सभा  सोनापुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । क्षेतियसभाका  अध्यक्ष मिलन धिमालको अध्यक्षतामा र  प्रमुख प्रबास सभा युएई का अध्यक्ष अम्मर धिमाल प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी धिमाल र सल्लाहकार बिरु घर्ती मगरले बलिहाङ पर्व को महत्त्व तथा जै मंगोल अभियानको बारेमा प्रकाश पार्नु भयो । त्यस्तै उहाहरुले बलिहाङ पर्बको शुभकामना समेत  प्रदान गर्नु भएको थियो । कार्यक्रममा रमेश तामाङ लगायत  प्रबास सभाका पदाधिकारीहरुको उल्लेखनीय उपस्तिथि रहेको प्रबास सभाका अध्यक्ष अमर धिमालले मंगोल भिजनलाई बताउनु भयो ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारले पनि बलिहाङ पर्बको अवसरमा जै मंगोल अभियान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कतार प्रबास सभाका अध्यक्ष देबिन्द्र गर्बुजा मगरको अध्यक्षतामा नोभेम्बर ५ तारीख शुक्रबारका दिन  RED CHILLI  रेष्टुरेन्ट सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रवास सभा कतार संगठनका  प्रमुख सल्लाहकार    होम राई प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरु  प्रदिप लिम्बु,शिव राना मगर,नवराज रोका मगर,प्रकाश चन्द्र लामा, बुद्धिमान लिम्बू,गोपाल पुन मगर ,जित ब. लामा लगायत रहनु  भएको थियो । शुभकामना आदन प्रदान कार्यक्रममा  दिवास रोका मगर,चम थजाली मगर,लाल.तामाङ ,नारायण गाहा मगर,स्याम रोका मगर,लखन बुढाम मगर,खुमराज पुर्जा मगर लगायत शुभेच्छुक शुभचिन्तक मुलवासी मंगोल दाजुभाइहरुको बाक्लो  उपस्तिथि रहेको थियो ।  कार्यक्रममा प्रमुख अतिथि राई ले सबै लाई बलिहाङ पर्बको अवसरमा शुभकामना प्रदान गर्दै जै मंगोल अभियानको महत्त्व बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै कोषाध्यक्ष नेत्र राना मगर , सह सचिब कमल राई ,प्रचारप्रसार सचिब  बिनोद शेरपुन्जा मगर र नवराज रोक्का मगर ले पनि बलिहाङ पर्बको बारेमा बताउनु भयो ।
बुद्धिमान लिम्बुले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब राजा तामाङले संचालन गरेका थिए ।

युएई र कतारमा एम एनओको जै मंगोल अभियान एबम शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्