शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो स्मृती दिवस प्रवास सभा कतारमा पनि सम्पन्न

Mongol Vision | 11 जून 2020

युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो स्मृती दिवस प्रवास सभा कतारमा पनि सम्पन्न

काठमाडौं/मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा कतारले युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो वार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरस महामारीका कारण एमएनओ प्रवास सभा कतारका कार्यसमितिका पदाधिकारीहरुले आ-आफ्नो कोठामा एमएनओ फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो वार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको प्रवास सभा प्रचारप्रसार सचिव बिनोद सेर्पुजा मगरले जानकारी गराउनु भयो । मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो स्मृति दिवसका दिन संगठनलाई सफल बनाउनका निम्ति प्रवास सभा कतारले तनमन साथसाथै आर्थिकले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । प्रवास सभा कतारका वर्तमान सचीव राजा तामाङले युग पुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो वार्षिक स्मृति दिवसका दिन पारेर ड.गोपाल गुरुङको अधुरा सपना पूरा गर्न मंगोल रिसर्च सेन्टरको निर्माणका लागी पच्चीस हजार पाँच सय (रू.२५,५००) सहयोग गर्नु भएको छ । यसैगरी प्रवास सभा कतारका वर्तमान अध्यक्ष देबिन्द्र गर्बुजा मगर र प्रचारप्रसार सचीव बिनोद शेर्पुजा मगर पनि मंगोल रिसर्च सेन्टर निर्माणको लागी दश / दश हजार सहयोग गर्ने वचन कवुल गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्