सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

युग पुरुष अमर ड.गोपाल गुरुङको ८५अौं जन्मोत्सवको अवसरमा पुराना कार्यकर्ता सम्मानित

Mongol Vision | 27 जूलाई 2020

युग पुरुष अमर ड.गोपाल गुरुङको ८५अौं जन्मोत्सवको अवसरमा पुराना कार्यकर्ता सम्मानित

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा र मेचिनगर नगर सभाको संयुक्त आयोजनमा युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न भएको छ । 27 जुलाई 2020 सोमबारको दिन झापाको मेचीनगर - २ शान्ती मार्ग स्थित मंगोल रिसर्च सेन्टरको सभा हलमा झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ मंगोलको सभाध्यक्षता र संगठनका प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङको जन्म आजकै दिन अर्थात् 27 जुलाई 1935 मा भएको थियो । संगठनका केन्द्रीय सभाले जारी गरेको निर्णयलाई आत्मसात गर्दै 27 जुलाईका दिन युग पुरुष अमर ड.गोपाल गुरुङको जन्मोत्सव प्रत्येक वर्ष सभ्य र भव्यताका साथ मनाउदै आइरहेको छ । सोही अवरमा आज सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ, वरिष्ठ केन्द्रीय सदस्यद्धय शान्तिलाल धिमाल र दिलिप याङमाली राई रहनुभएको थियो । त्यस्तैगरी अतिथिहरुमा केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रबन्धक राजकुमार गुरुङ, केन्द्रीय सदस्य सान बहादुर मेचे, वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र साम्पाङ, १ नं. प्रदेश सभाका सचिव सागर राई, प्रदेश सभा सदस्य रुद्र राई र अोखलढुङ्गा जिल्ला सभाका अध्यक्ष बजेन्द्र अम्वुले राई रहनु भएको थियो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको निम्ति जिल्ला सभा, नगर सभा, वडा सभा साथै समर्थक, शुभेच्छुक लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि मेचेले संगठनको पाँच क्रान्ति स्वरुप दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो भने महामानव सिदाहा बुद्ध र युग पुरुष अमर ड.गोपाल गुरुङको तस्बिरमा खदा अर्पण गर्नुभएको थियो । युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८५ अौं जन्मोत्सवको उपलक्ष्यमा हिजो संगठन सुषुप्त अवस्थामा रहदा देखि आजसम्म एमएनओलाई आफ्नो प्राण भन्दा प्यारो सम्झि साथ र सहयोग गरिरहनु हुने पुराना कार्यकर्ता, शुभेच्छुकहरुलाई उहाँहरुको उच्च योगदानको कदरका साथ सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुमा जानालाल धिमाल, पुर्ण लिम्बू, रामबहादुर सुनुवार, महेश थापा मगर, लाशि धिमाल, चन्द्रबहादुर तामाङ, भक्तबहादुर गुरुङ, राजेन्द्र राई, राजेन धिमाल र कोपिलाल रहेका थिए । कार्यक्रमा केन्द्रीय सदस्य सान बहादुर मेचे, केन्द्रीय वरिष्ठ सदस्यहरु दिलिप याङमाली राई र शान्तिलाल धिमाल लगायत केन्द्रीय सचिव सन्तोष तामाङले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचेले मन्तव्यको क्रममा अबको समय हामी अहिन्दू मूलवासी मंगोलहरु जति नै पढेलेखे पनि अाफ्नो अस्तित्व नै थाहा नहुने पढन्ते मुर्ख र डक्टरेट, PHD नै गरे पनि पैसाको निम्ति अस्तित्व बेच्ने पढन्ते वेश्या बन्नु नहुने बताउनु भयो । मन्तव्यकै क्रममा तर्क र विज्ञानलाई अात्मसात गर्न, बुद्ध जस्तै ज्ञानी, बुद्धिमानी बन्न अाफ्ना भावी सन्ततिहरुलाई भाग्यमानी होइन बुद्धिमानी बन्नु भनी अाशिर्वाद दिन लगाउनु भनेर ड.गोपाल गुरुङले सिकाउनु भएको कुरा बताउनु भयो ।

युग पुरुष अमर ड.गोपाल गुरुङको ८५अौं जन्मोत्सवको अवसरमा पुराना कार्यकर्ता सम्मानित

नेपालमा परिवर्तन अाउनको निम्ति सर्वप्रथम विश्व राजनीतिमा उथलपुथल अाउनु पर्ने भएकोले सधैं नै ड.गोपाल गुरुङले ग्लोबल पोलिटिक्स सम्बन्धित समाचार प्रति बढी चासो राख्न लगाउनु भएको कुरा बताउनु हुँदै अहिले संसारमा पहिलो विश्व शक्ति राष्ट्र को ? बन्ने भन्ने होड नै चलिरहेकोले प्राकृतिक नियममा सधैं नकारात्मक शक्ति प्रति सकरात्मक शक्तिले विजय प्राप्त गर्ने हुँदा हरेक सकरात्मक शक्ति अर्थात् मंगोलहरुको विजय निश्चित रहेको कुरा उजागर गर्नुभएको थियो । उक्त कार्यक्रममामेचीनगर नगर सभाका अध्यक्ष सागर दर्जीले स्वागत मन्तव्य राखेका थिए भने झापा जिल्ला सचिव बानिरा मेचेले कार्यक्रम सञ्चालन गरेकी थिइन । त्यसैगरी युग पुरुष अमर ड.गोपाल गुरुङको ८५औं जन्मोत्सव झापा जिल्लाका एमएनअो भद्रपुर नगर सभा, बुद्धशान्ति गाउँ सभा, कमल गाउँ सभाले पनि नेता, कार्यकर्ताहरु उपस्थित भई अा-अाफ्नो क्षेत्रमा ८५ अौं जन्मोत्सव कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्