बिहिबार 19 सेप्टेम्बर 2019

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>

युगपुरुष अमर डा. गोपाल गुरुङज्युको समाधीस्थलमा तेस्रो स्मृति सभा

Mongol Vision News | 11 जून 2019

युगपुरुष अमर डा. गोपाल गुरुङज्युको समाधीस्थलमा तेस्रो स्मृति सभा

झापा/ नेपालका प्रथम लोकतन्त्रवादी नेता एवम् मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको तेस्रो वार्षिक स्मृती सभा मेचिनगर नगरपालिका वडा नम्बर २ शान्तिमार्ग स्थित उहाँकै समाधि स्थलमा तेस्रो वार्षिक स्मृती सभा सम्पन्न भएको छ । मंगोल नेशनलअर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलको अध्यक्षता र संगठनका केन्द्रीय सचिव संतोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रीय सहसचिव तथा केन्द्रीय आर्थिक विभागका संयोजक धनप्रकाश खिम्दुङको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मोरङ, इलाम र झापाका विभिन्न गाउँपालिका, नगरपालिकाबाट मंगोलप्रेमी महानुभावहरुको बाक्लो उपस्थित बीच कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो । तेस्रो स्मृति वार्षिक सभा झापा जिल्लाको मुख्य आयोजक तथा जिल्ला सभा इलाम र मोरङको सहआयोजकत्वमा सम्पन्न भएको थियो ।

युगपुरुष अमर डा. गोपाल गुरुङज्युको समाधीस्थलमा तेस्रो स्मृति सभा

उक्त तेस्रो वार्षिक स्मृति सभा कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा अनुसन्धान विभागका संयोजक गणेश चाम्लिङ लगायत सान बहादुर मेचे, श्याम लिम्बु , सुरज फोम्बो, प्रदेश नम्बर एक सभाका अध्यक्ष भास्कर चाम्लिङ , बिकेन राई , प्रेम बहादुर तामाङ , प्रेम बहादुर लिम्बु , किशोर राना मगरले डा गोपाल गुरुङज्युले मुलवासी मंगोल समुदायको लागी गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँको बाँकी सपना अबको पीडिले पुरा गर्ने संकल्पका साथ हार्दिक श्रदासुमन अर्पण गरेका थिए । वार्षिक तेस्रो स्मृति सभा कार्यक्रमकै अवसरमा प्रमुख अतिथि तामाङज्युको हातबाट अमर डा गोपाल गुरुङज्युको समाधीस्थल परिसरमा दुइ थान बोधिचित्तको बिरुवा समेत बृक्षारोपणा गरिएको थियो । हजारौं नेताकार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको उक्त स्मृति सभा कार्यक्रममा सिनरा मेचेले स्वगत मन्त्यब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन झापा जिल्ला सचिव बानिरा मेचेले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्