शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बैकल्पिक केन्द्रिय सदस्य श्रेष्ठलाई पितृ शोक

mongol vision | 6 अगस्ट 2021

बैकल्पिक केन्द्रिय सदस्य श्रेष्ठलाई पितृ शोक

काठमाडौ/ मंगोल नेशनल अर्गनाइजेशनका बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ पितृ शोकमा पर्नुभएको छ ।

सुनसरिको बराहा नगरपालिका ३ मा बसोबास गर्नुहुने श्रेष्ठको ७६ बर्षका बुवा रण बहादुर श्रेष्ठको गत साउन १५ गते घरमै निधन भएको थियोे । सामान्य छातिमा समस्या देखा परेको उहाँको त्यही कारणले निधन भएको बैकल्पिक केन्द्रिय सदस्य श्रेष्ठले बताउनु भयो । उहाँको परम्परा अनुसार सोही दिन अन्त्येस्टी गरिएको थियोे । बैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठले भने आफू अहिन्दु मूलबासी मंगोल भएकाले हिन्दु संस्कार नमान्ने भन्दै कुरिमा नबसेको बताउनु भयो ।

यो हामिलाई लादिएको संस्कार हो त्यही भएर म र मेरो परिवार कुरिमा बसेनौ, मैले न कपाल काटे, न सेतो कपडा लगाए, केही गरिन बरु बुवा बित्नु भएको ३ दिन पछि एक स्थानीय गुम्बामा गएर उहाँको नाममा बत्ति बाले । त्यति मात्र होइन मलेसियामा रहेका मेरो एक भाइ ले पनि हिन्दु संस्कार नमान्न भन्दै केही बारेको छैन । बाँकी रहेको ५ जना दाजु भाइहरु भने कुरिमा बसि रहेका छन् । मृतक रण बहादुर श्रेष्ठको ७ छोरा २ छोरी रहेका र श्रीमति पबित्रा श्रेष्ठ रहेको छ । यसै बीच एम एनओका बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठको बुवाको निधन प्रती केन्द्रीय सभाले समबेदना प्रकट गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्